उच्च अदालत दिपायलका न्यायाधीश टेक नारायण कुँवरले न्यायमा पहुँच भन्ने कुरा अहिले पनि धनीका लागि मात्रै रहेको बताएका छन् । सर्वोच्च अदालतमा न्यायमा पहुँच आयोग हुँदैमा वा बन्दैमा पनि लक्षित वर्गका लागि न्यायमा पहुँच नपुगेको र धनीले मात्रै न्यायमा पहुँच राखेको न्यायाधीश कुँवरले बताएका हुन् । मंगलबार सार्क ल नेपालले गरेको ‘संघीयतापछि सीमान्तकृत र अल्पसङ्ख्यक समुदायको न्यायमा पहुँच’सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै न्यायाधीश कुँवरले न्यायमा पहुँच भन्ने कुरा धनीका लागि मात्रै कार्यान