विभिन्न आन्दोलन, युद्ध र विकास तथा समृद्धिको साधकको रुपमा व्याख्या गर्दै मुलुकले संघीयता कार्यान्वयन गरेको ५ वर्ष पुग्न लागेको छ । संघीयताको स्वरूपसँगै यसको अभ्यास नेपालमा नयाँ थियो नै, विश्वमा पनि नेपालको संघीयताको मोडल नयाँ नै थियो । किनकि यहाँ तीन तहको सरकार छ ।संघीयताको कार्यान्वयन सुरु भए पनि जनताले भनेजस्तो सेवा प्रवाह र समृद्धि दिन नसकेको भन्दै कतिपयले प्रादेशिक संरचना खारेजको माग गरिरहेका छन् । संघीय वित्त व्यवस्थापनमा विद्यावारिधी गरेका मनमोहन प्राविधिक विश्वविद्यालयका रजिष्ट्रार डा. दि