लन्डन । आयोजक इंग्ल्यान्डले महिला युरोकप २०२२ को उपाधि जितेको छ । गएराति वेम्बलीमा भएको फाइनलमा जर्मनीलाई अतिरिक्त समयमा २–१ ले हराउँदै इंग्ल्यान्ड च्याम्पियन बनेको हो । इंग्ल्यान्डलाई जित दिलाउन इला टोनी र केलीले एक एक गोल गरिन् । जर्मनीका लिना मागुलले एक गोल फर्काइन् । खेलको ६२ औं मिनेटमा टोनीले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता […]
The post इंग्ल्यान्डले जित्यो महिला युरोकप उपाधि appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.
काठमाडौं । इंग्ल्याण्डले पहिलो पटक युरोकप महिला फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनल खेलमा ८ पटकको च्याम्पियन जर्मनीलाई अतिरिक्त समयमा २–१ ले हराउँदै इंग्ल्याण्डले ऐतिहासिक उपाधि जितेको हो । खेलको ६२ औं मिनेटमा इंग्ल्याण्डकी इल्ला टुनेले पहिलो गोल गरेकी थिइन् । ७९ औं मिनेटमा जर्मनीकी लिना म्यागलले एक गोल फर्काएपछि खेल अतिरिक्त […]
काठमाण्डाै - जर्मनीलाई हराउँदै इङ्ल्यान्डले महिला युरोकप-२०२२ को उपाधि जितेको छ ।
वेम्बलीमा गएराति भएको फाइनलमा जर्मनीलाई २–१ गोल अन्तरले हराउँदै इङ्ल्यान्ड च्याम्पियन बनेको हो ।
खेलको ६२औँ मिनेटमा इला टोनी गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिलाएकी थिइन् । ७९औँ मिनेटमा जर्मनीका लिना मागुलले गोल गर्दै खेललाई बराबरीमा ल्याइन् ।
निर्धारित ९० मिनेटकाे समय १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।
अतिरिक्त समयमा इङ्ल्यान्डकी च्लोए केलीले एक गोल गरे सँगै जित इङ्ल्यान्डको पक्...
५५ वर्षदेखि मुख्य प्रतियोगिताको उपाधिको पर्खाइमा रहेको इंग्ल्याण्डमाथि थप पीडा थप्दै इटालीले युरोकप २०२० को उपाधि जितेको छ । उपाधिका लागि इटालीले आइतबार मध्यराति इंग्ल्याण्डलाई उसकै राष्ट्रिय स्टेडियम वेम्बलीमा टाइब्रेकरमा...
इटालीले ५३ वर्षपछि युरोकप जितेको छ । सोमबार विहान सम्पन्न खेलमा बेलायताई पेनाल्टी सुटआउटमा पराजित गर्दै इटलीले युरोकप २०२० को उपाधि जितेको हो । उता ५५ वर्षपछि ठूलो प्रतियोगिताको फाइनल पुगेको बेलायतले पहिलो पटक युरोकपको फाइनल खेलेको थियो । सोमबार बिहान भएको फाइनलमा इटलीले बेलायतलाई उसैको मैदानमा पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गरेको हो । …
पेनाल्टी सुटआउटमा इङ्ल्याण्डलाई स्तब्ध पार्दै इटालीले युरोकप फुटबलको उपाधि जितेको छ । लण्डनमा सोमबार बिहान सम्पन्न खेलमा इटाली ३–२ ले विजयी भएको हो ।
निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटको निर्णय लिइएको थियो । जसमा इजालीले बाजी मार्यो ।
यसअघि खेलको दोस्रो मिनेटमै इङ्ल्याण्डका लुक शाले टोलीलाई अग्रता दिलाएका थिए । तर, इटली ६७ मिनेटमा खेलमा फर्किन पुग्यो । त्यसपछि पेनाल्टीमा इङ्ल्याण्ड चुक्दा नतिजा इटालीको पक्षमा गयो ।
इटलीले युरोकप जितेको यो दोस्रो पटक हो ।
...
जर्मनी र फ्रान्स आज युरोकप फुटबलको समूह चरणको खेलमा आमने–सामने हुँदैछन् । यो खेल नेपाली समयअनुसार १२:४५ मा जर्मनीको म्युनिखमा हुनेछ । ग्रुप अफ डेथ मानिएको समूह एफमा यी दुई टोलीसँगै साबिक विजेता पोर्चुगल र हंगेरी पनि छन् । वर्तमान विश्व विजेता फ्रान्सले दुईपटक विश्वकप र दुईपटक युरोकप उपाधि जितेको छ । यता, जर्मनीले चार पटक विश्वकप जितेको इतिहास छ । युरोकपमा सर्वाधिक धेरै उपाधि जित्ने कीर्तिमान जर्मनी र स्पेनको नाममा संयुक्त छ, दुबैले तीन–तीनपटक उपाधि जितेका छन् ।अब इतिहास छाडेर अह
२८ जेठ, काठमाडौं । कोरोना महामारीका कारण एक वर्षपछि सरेको युरोपेली च्याम्पियनसिप अर्थात युरोकप २०२० शुक्रबारदेखि सुरु हुँदैछ । मिनी विश्वकपको रुपमा चिनिने युरोकपको यो १६औं संस्करण हो । जसमा कूल २४ टिमले प्रतिस्पर्धा गर्दैछन् । त्यसमा ९ टिम त पूर्वविजेता मात्रै छन् । अहिलेसम्म १० टिमले उपाधि जित्दा ग्रीस मात्र यसपटक छनोट हुन सकेन […]