समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने पहिलो दल बन्यो नेपाल समावेशी पार्टी

नेपाल समावेशी पार्टी निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारहरूको बन्दसूची बुझाउने पहिलो दल बनेको छ । ठुला दलहरूलाई समानुपातिक उम्मेदवारहरू चयन गर्न सकस परिरहेका बेला नेपाल समावेशी पार्टीले १ नम्बरमा उम्मेदवारहरूको बन्द सूची निर्वाचन आयोगमा दर्ता गराएको हो । निर्वाचन अधिकृतको कार्यालयले आगामी असोज ४ गते बन्दसूचीको जाँचबुझ हुने भएकाले सो दिन दिउँसो २ बजेको समयमा कार्यालयमा उपस्थित हुन पार्टीलाई बोलाएको छ । आयोगले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको

सम्बन्धित सामग्री

कांग्रेसले तोक्यो उम्मेदवार छान्ने मापदण्ड

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले समानुपातिक उम्मेदवार छान्ने ४ वटा मापदण्ड तय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको केन्द्रीय संसदीय बोर्डको बैठकले समानुपातिकतर्फ उम्मेदवार चयन गर्ने मापदण्ड तय गरेको हो । पाँच दलीय गठबन्धनमा सिट बाँडफाँट चलिरहे पनि समानुपातिकतर्फ बन्दसूची बुझाउने म्याद नजिकिदाँ पार्टी सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार अपराह्न संसदीय […]

प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फ ४९ दलले प्रतिस्पर्धा गर्ने

प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ ४९ दलले प्रतिस्पर्धा गर्ने भएका छन्। ५५ दलले समानुपातिकतर्फको सूचीबुझाउन टोकन लिएका भएपनि ४९ दलले बन्द सूची निर्वाचन आयोगमा बुझाएका हुन्। थ्रेसहोल्डको व्यवस्थापछि समानुपातिक निर्वाचनमा सहभागी हुने दलको संख्या घटेको हो। कतिपय दलहरू ठूला दलहसँग मिलेका छन्।जसका कारण निर्वाचनमा सहभागी हुन निवेदन दिएका ८८ राजनीतिक दल घटेर निर्वाचनमा आइपुग्दा ४९ भएका हुन्। केही राजनीतिक दलले भने प्रदेशको समानुपातिकमा मात्र सूची बुझाएका छन्। तर, निर्वाचन आयोगले कुन प्रदेशमा कति दल समानुपातिकतर्फको निर्वाचन प्रणालीमा सहभागी हुनेछन् भन्ने टुङ्गो लगाइसकेको छैन। समानुपातिक निर्वाचन प्रणालीमा दलले प्राप्त गरेको मतका आधारमा उसले बुझाएको बन्दसूचीका उम्मेदवार सांसद बन्न सक्छन्।यसपटकबाट निर्वाचनमा ३प्रतिशत थ्रेसहोल्ड र प्रत्यक्षमा एक सिट नजिते दलहरूले बन्दसूचीमा रहेका उम्मेदवारलाई सांसद बनाउन पाउने छैनन्। निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले ४९ दल प्रतिनिधिसभाको समानुपातिकतर्फको बन्द सूची बुझाएको सेतोपाटीलाई बताए। यसअघि निर्वाचन आयोगमा दर्ता रहेका नेपाल परिवार दल नेकपा एमालेमा मिलेको छ। उसले एमालेबाटै समानुपातिक सूची बुझाएको छ।त्यस्तै दुई चुरेभावरनामका पार्टीमध्ये चुरेभावर राष्ट्रिय एकता पार्टी एमालेमा र चुरेभावर लोकतान्त्रिक पार्टी कांग्रेससँग मिलेका छन्। संघीय समाजवादी फोरम लोकतान्त्रिक कांग्रेसमा मिसिएको छ। संसदमा रहेको राष्ट्रिय अखण्ड पार्टीका कुमार खड्का कांग्रेसमा मिसिएका छन्। त्यस्तै, नेकपा संयुक्त नेकपा माओवादी केन्द्रमा मिसिएको छ। साना दलहरू ठूला पार्टीमा मिसिएकै कारण निर्वाचनमा समानुपातिकतर्फको सूची बुझाउने दलको संख्या घटेको हो। प्रमुख राजनीतिक दलहरूले बन्दसूची राती अबेर बुझाएका थिए। बन्दसूचीमा रहेका उम्मेदवारकहरू कल्ष्टर मिलाउनुपर्ने तथा प्रदेशगत आधारमा छुट्टाछुट्टै सूची बुझाउनुपर्ने भएपछि दलहरूले राती अबेरसम्म सूची बुझाएका थिएनन्। नेकपा एमालेले बिहान ४ बजे मात्र सूची बुझाएको थियो। फोरम लोकतान्त्रिक र काँग्रेसले भने दुवै पार्टीको एकता र सूची मिल्न बाँकी रहेको थियो। जसका कारण समानुपातिकतर्फको सूची तयार गर्नै ढिलाई भएकोथियो।