प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फ ४९ दलले प्रतिस्पर्धा गर्ने

प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ ४९ दलले प्रतिस्पर्धा गर्ने भएका छन्। ५५ दलले समानुपातिकतर्फको सूचीबुझाउन टोकन लिएका भएपनि ४९ दलले बन्द सूची निर्वाचन आयोगमा बुझाएका हुन्। थ्रेसहोल्डको व्यवस्थापछि समानुपातिक निर्वाचनमा सहभागी हुने दलको संख्या घटेको हो। कतिपय दलहरू ठूला दलहसँग मिलेका छन्।जसका कारण निर्वाचनमा सहभागी हुन निवेदन दिएका ८८ राजनीतिक दल घटेर निर्वाचनमा आइपुग्दा ४९ भएका हुन्। केही राजनीतिक दलले भने प्रदेशको समानुपातिकमा मात्र सूची बुझाएका छन्। तर, निर्वाचन आयोगले कुन प्रदेशमा कति दल समानुपातिकतर्फको निर्वाचन प्रणालीमा सहभागी हुनेछन् भन्ने टुङ्गो लगाइसकेको छैन। समानुपातिक निर्वाचन प्रणालीमा दलले प्राप्त गरेको मतका आधारमा उसले बुझाएको बन्दसूचीका उम्मेदवार सांसद बन्न सक्छन्।यसपटकबाट निर्वाचनमा ३प्रतिशत थ्रेसहोल्ड र प्रत्यक्षमा एक सिट नजिते दलहरूले बन्दसूचीमा रहेका उम्मेदवारलाई सांसद बनाउन पाउने छैनन्। निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले ४९ दल प्रतिनिधिसभाको समानुपातिकतर्फको बन्द सूची बुझाएको सेतोपाटीलाई बताए। यसअघि निर्वाचन आयोगमा दर्ता रहेका नेपाल परिवार दल नेकपा एमालेमा मिलेको छ। उसले एमालेबाटै समानुपातिक सूची बुझाएको छ।त्यस्तै दुई चुरेभावरनामका पार्टीमध्ये चुरेभावर राष्ट्रिय एकता पार्टी एमालेमा र चुरेभावर लोकतान्त्रिक पार्टी कांग्रेससँग मिलेका छन्। संघीय समाजवादी फोरम लोकतान्त्रिक कांग्रेसमा मिसिएको छ। संसदमा रहेको राष्ट्रिय अखण्ड पार्टीका कुमार खड्का कांग्रेसमा मिसिएका छन्। त्यस्तै, नेकपा संयुक्त नेकपा माओवादी केन्द्रमा मिसिएको छ। साना दलहरू ठूला पार्टीमा मिसिएकै कारण निर्वाचनमा समानुपातिकतर्फको सूची बुझाउने दलको संख्या घटेको हो। प्रमुख राजनीतिक दलहरूले बन्दसूची राती अबेर बुझाएका थिए। बन्दसूचीमा रहेका उम्मेदवारकहरू कल्ष्टर मिलाउनुपर्ने तथा प्रदेशगत आधारमा छुट्टाछुट्टै सूची बुझाउनुपर्ने भएपछि दलहरूले राती अबेरसम्म सूची बुझाएका थिएनन्। नेकपा एमालेले बिहान ४ बजे मात्र सूची बुझाएको थियो। फोरम लोकतान्त्रिक र काँग्रेसले भने दुवै पार्टीको एकता र सूची मिल्न बाँकी रहेको थियो। जसका कारण समानुपातिकतर्फको सूची तयार गर्नै ढिलाई भएकोथियो।

सम्बन्धित सामग्री

सप्तरी–२ को निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा

राजविराज, १८ कात्तिक : अँगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सप्तरी क्षेत्र नं २ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ । उक्त क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा सिके राउत र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय सदस्य जयप्रकाश ठाकुर चुनावी मैदानमा छन् । […]

सप्तरी–२ को निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सप्तरी क्षेत्र नं २ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ । उक्त क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा सिके राउत र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय सदस्य जयप्रकाश ठाकुर चुनावी मैदानमा छन् । यहाँबाट दुई पार्टीका अध्यक्ष र एक केन्द्रीय सदस्य चुनावी मैदानमा उत्रेपछि सबैको चासो र चर्चाको विषय बनेको छ । डा राउतले पहिलोपटक प्रतिनिधिस

९७ वर्षीय महाथिर निर्वाचनमा पुनः प्रतिस्पर्धा गर्ने

मलेसियाका पूर्वप्रधानमन्त्री महथिर मोहम्मद संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन् । ९७ वर्षीय महथिर तेस्रोपटक प्रधानमन्त्रीका आकांक्षी हुन् वा होइनन् भन्ने विषयमा भने कही खुलाएका छैनन् । यसै वर्षको सुरुमा मुटुको समस्याका...

आसन्न निर्वाचनमा राष्ट्रबादी र आत्मसमर्पणबादीबीच प्रतिस्पर्धा हुनेछ : कमल थापा

आसन्न निर्वाचनमा राष्ट्रबादी र आत्मसमर्पणबादीबीच प्रतिस्पर्धा हुने राप्रपा नेपालका अध्यक्ष  कमल थापाले बताएका छन् ।  हाल विकसित ध्रुवीकरणलाई हेर्दा आगामी निर्वाचनमा राष्ट्रवादी र आत्मसमर्पणवादीबीच प्रतिस्पर्धा हुने देखिएको उनको भनाइ छ । बागमती गाउँ पालिकाको फापरबारीमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले राष्ट्रलाई माया गर्ने र विदेशी चलखेलबाट देशलाई मुक्त पार्न चाहनेहरु जती आगामी चुनावमा एकजुट हुनुपर्नेमा जोड दिए ।  मुलुक कुशासनको दलदलमा भासिएको र भ्रष्टाचारको चक्रव्यूहमा फसेक

निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्छः अध्यक्ष ओली

'लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ, दलबीच प्रतिस्पर्धा गरौँ, शत्रुता होइन', उनले भने।

निर्वाचनमा दलबीच प्रतिस्पर्धा गरौँ, शत्रुता होइन : ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिनुभएको छ । उहाँले भन्नुभयो- “लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ, दलबीच प्रतिस्पर्धा गरौँ, शत्रुता होइन” लोकतान्त्रिक शेर्पा सङ्घको दोस्रो अधिवेशनको उद्घाटन गर्दै उहाँले लोकतान्त्रिक अभ्यासमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिनुभयो । उहाँले एमाले बहुदलीय व्यवस्थाअनुसार प्रतिस्पर्धा गर्न तयार रहेको बताउनुभयो । देशमा द्वन्द्व हुँदा बाहिरी शक्तिको …

लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ,शत्रुता होइन : ओली

काठमाडौँ– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिएका छन् । लोकतान्त्रिक शेर्पा सङ्घको दोस्रो अधिवेशनको उद्घाटन गर्दै उनले लोकतान्त्रिक अभ्यासमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिए। उनले एमाले बहुदलीय व्यवस्थाअनुसार प्रतिस्पर्धा गर्न तयार रहेको बताए । ‘लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ, दलबीच प्रतिस्पर्धा गरौँ, शत्रुता होइन’, उनले भने । देशमा द्वन्द्व हुँदा बाहिरी […]

सत्ता पक्षबीच नै प्रतिस्पर्धा

सत्तारूढ प्रमुख राजनीतिक दलहरूबीच स्थानीय तहको निर्वाचनमा सयभन्दा बढी स्थानीय तहमा मुख्य प्रतिस्पर्धा भएको छ।...

टीकापुरमा त्रिपक्षीय प्रतिस्पर्धा

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कैलालीको टीकापुर नगरपालिकामा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ।...

निर्वाचनमा कांग्रेसले एक्लै प्रतिस्पर्धा गर्नुपर्छ : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्नुपर्ने धारणा राखेका छन्। नेपाल बार निर्वाचनमा समेत कांग्रेस निकट कानुन व्यवसायीले अन्य पार्टीसँग तालमेल गर्न नहुने भन्दै उनले यस्तो संकेत...