जेठ ७, काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले सञ्चालकमा बिवेक झालाई नियुक्त गरेको छ ।
कम्पनीको शुक्रवार बिहान ११ बजे बसेको सञ्चालक समितिको बैठकले झालाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
संस्थापक शेयर समूहतर्फ रिक्त सञ्चालक पदमा श्री भिजे इन्भेष्टमेण्ट कम्पनी प्रालिको प्रतिनिधिको रुपमा उनलाई शुक्रवारदेखि लागू हुने गरी बाँकी कार्यकालको लागि नियुक्त गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।