६ महिनामा बाँकी खण्ड कालोपत्रे,कोटेश्वर– जडीबुटी सडक

कोटेश्वर– जडीबुटी सडक खण्ड अन्तर्गतको विवादास्पद घरटहरा भएको जग्गामा सडक कालोपत्रे हुने भएको छ। यसअघि मुआब्जा विवादको कारणले जडीबुटी चोक नजिकैको ६४ मिटर सडक कालोपत्रे हुन पाएको थिएन।...

सम्बन्धित सामग्री

सडक मिचेर बनाइएका प्रहरी बिट हटाउन महानगरकाे निर्देशन

काठमाडाैं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले सडक मिचेर बनाइएका प्रहरी बिट हटाउन निर्देशन दिनुभएको छ । कानुन कार्यान्वयन गर्ने प्रहरीले नै बाटो मिचेर संरचना बनाउनु गलत भएको बताउँदै उहाँले ती संरचना आफैँ हटाउन निर्देशन दिनुभएको हो । उहाँका अनुसार हटाउन निर्देशन दिएका प्रहरी बिटमा बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि, सामाखुसी, जडीबुटी चोक, सिनामङ्गल चोक, चुच्चेपाटी […]

तीनकुने जडीबुटी सडकखण्डको उद्घाटन

जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा निर्माण भएको तीनकुने जडीबुटी सडकखण्डको औपचारिक रूपमा उद्घाटन भएको छ । हाजमा कर्पोरेशनले निर्माण गरेको ६ लेनको फराकिलो सो सडकको सोमवार नेपालका लागि जापानी राजदूत तात्सुओ मिजुनो, जाइकाका आवासीय प्रतिनिधि मित्सुयोशी कावासाकी र सडक विभागका महानिर्देशक रामकुमार लम्सालले संयुक्त रूपमा उद्घाटन गरे । सन् २००८ को जनवरीबाट निर्माण शुरू भएको तीनकुने सूर्यविनायक सडक विस्तार आयोजनामध्ये जडीबुटीसम्मको निर्माण कार्य सम्पन्न भई औपचारिक उद्घाटन गरिएको हो । सो सडक निर्माणमा कुल २ अर्ब ५० करोड जापानी येन खर्च हुने अनुमान गरिएको बताइएको छ । तीनकुनेदखि जडीबुटीसम्मको सडक निर्माण गर्न ७४ करोड जापानी येन लागेको आयोजना प्रमुख सरोज प्रधानले जानकारी दिए । तीनकुनेदेखि सूर्यविनायकसम्मको ९ दशमलव १ किलोमिटर सडकमध्ये जडीबुटीसम्मको लम्बाई १ दशमलव ७ किलोमिटर छ । आगामी चैत महिनासम्म आयोजनाको सम्पूर्ण कार्य सक्ने बताउँदै प्रधानले हाल आयोजनाको ७० प्रतिशत कार्य पूरा भइसकेको दाबी गरे । बेलाबेलामा हुने बन्दहडतालजस्ता कारणले काम गर्न अप्ठ्यारो परेको उनको गुनासो छ । १० दशमलव ६ टन क्षमताको सो सडक कम्तीमा ७ वर्षसम्म केही नहुने प्रधानको दाबी छ । जडीबुटीसम्मको ६ लेनको सडक खुला गर्दा ट्राफिक जामको समस्या केही हदसम्म समाधान हुने बताउँदै प्रधानले सवारी चालक, ट्राफिक प्रहरी, यात्रु सबैले मिलेर काम गर्ने हो भने जामको समस्या नहुने बताए ।  वर्ष ६, अंक ३४, सोमवार, २५ असोज २०६७

६ महिनामा बाँकी खण्ड कालोपत्रे,कोटेश्वर– जडीबुटी सडक

काठमाडौं, असोज १३ । कोटेश्वर– जडीबुटी सडक खण्ड अन्तर्गतको विवादास्पद घरटहरा भएको जग्गामा सडक कालोपत्रे हुने भएको छ। यसअघि मुआब्जा विवादको कारणले जडीबुटी चोक नजिकैको ६४ मिटर सडक कालोपत्रे हुन पाएको थिएन। काठमाडौं महानगरपालिकाले केही समयअघि जडीबुटीस्थित माइली खत्रिनीको नाममा रहेको घरटहरा अवैध भएको भन्दै भत्काइदिएको थियो। खत्रिनीको नाममा रहेको उक्त जग्गाको क्षेत्रफल ०।५२ वर्गमिटर […]

जडीबुटी-पेप्सीकोला सडक एक घण्टादेखि बन्द (तस्बिरहरू)

काठमाडौं । काठमाडौंको जडीबुटी-पेप्सीकोला सडक झण्डै एक घण्टादेखि अवरुद्ध भएको छ । टर्निङ गर्ने क्रममा लरी बिग्रिएपछि सडक अवरुद्ध भएको हो । मार्बल तथा टाइल बोकेको आरजे. १४ जीके. ७५२५ नम्बरको भारतीय नम्बर प्लेटको उक्त गाडी अहिले मर्मतको प्रयास भइरहेको छ । गाडीले पूरै ढाकेपछि सवारी तथा सयौं यात्रु वैकल्पिक सडक प्रयोग गरिरहेका छन् । […]

पुसभित्रै कोटेश्वर–जडीबुटी कालोपत्रे

सरकारले पछिल्लो समय कोटेश्वर जडीबुटी खण्डमा अत्यधिक सवारी जाम भएसँगै सडक चौडा गर्ने योजना अघि सारेको थियो। सोही अनुरूप सडक विस्तार गर्न लागिएको हो। दाहिनेतर्फ तीन लेन र देब्रेतर्फ थप एक लेन विस्तार गर्ने योजना छ।...

कोटेश्वर–जडीबुटी सडकमा २ लेन थपिँदै

काठमाडौं (अस) । काठमाडौंको कोटेश्वर चोकमा हुने ट्राफिक जाम व्यवस्थापन गर्न विभिन्न विकल्पहरूको अध्ययन तथा छलफलका बीच दाँयाबाँया २ लेनको सडक थपिने भएको छ । तीनकुने–कोटेश्वर–जडीबुटीसम्म नै हुने ट्राफिक जाम न्यूनीकरण गर्न कोटेश्वर चोकमा फ्लाईओभर, अण्डरपास वे र सुरुङमार्ग जस्ता विकल्पमा अध्ययन भएका छन् । ती अध्ययनबाट तत्काल कुन संरचना वा कुन विकल्पको संरचना निर्माण गर्ने भन्ने विषय एकिन हुन समय लाग्ने देखिएपछि सडक विभागले जडीबुटी–चोकदेखि कोटेश्वर चोक हुँदै चक्रपथसम्म जोड्ने गरी १ लेन सडक विस्तार गर्दै छ । साथै तीनकुने तर्फबाट कोटेश्वर–जडीबुटी सडक खण्डसम्म पुग्नेगरी बाँयातर्फबाट पनि १ लेनको सडक विस्तार गरिनेछ । यसमध्ये पहिलो चरणमा दाँयातर्फ १ लेनको सडक विस्तार भने जारी छ । विभागले पहिलो चरणमा विस्तार गर्दै आएको कोटेश्वर–जडीबुटी चोकसम्मको दाँयातर्फको थप १ लेनको सडक करीब ३ महीनामा सञ्चालनमा ल्याउने तयारी गरेको छ । विभागका प्रवक्ता शिवप्रसाद नेपालले कोटेश्वर चोकदेखि जडीबुटीसम्म १/१ लेनको सडक निर्माण गरिने जानकारी दिए । अहिले जडीबुटी चोकदेखि चक्रपथतिर आउने सवारीसाधनका लागि १ लेन थपिएको छ । यद्यपि जडीबुटी चोकमा एउटा घर अधिग्रहण र केही पसल व्यवस्थापन नहुँदा सञ्चालनमा ल्याउन समस्या भएको उनको भनाइ छ । उक्त चोकमा रहेका पसलहरूलाई मिलाएर पर्खाल लगाउने कार्यमा समन्वय भएमा उक्त लेन सञ्चालन गर्न सकिन्छ । ‘जडीबुटी चोकमा पर्ने सो घर अधिग्रहण गरी पहिला नै मुआब्जा दिएको भन्ने छ,’ नेपालले भने, ‘तर, उक्त विषयका कागजात नभेटिँदा पुष्टि हुन सकेको छैन, अधिग्रहणको समस्या सल्टिएमा ३ महीनाभित्र उक्त लेनमा यातायात सञ्चालन गर्न सकिनेछ ।’ गत असारमै लेन सम्पन्न गर्नेगरी सडक विभागले फागुनदेखि यो लेन निर्माण शुरू गरेको थियो । त्यसपछि कोभिडको समस्या, मुआब्जा जस्तो समस्याले गर्दा पूरा हुन भने सकेको छैन । कोटेश्वरचोकमा अत्यधिक सवारीसाधनको चाप हुँदा घण्टौं ट्राफिक जाम हुँदै आएको छ ।

काठमाण्डौबाट बाहिरिने मुख्य नाकामा जाम, बिहानैदेखि गाडी र यात्रुको भीड

काठमाण्डाै - काठमाण्डौको मुख्य नाका नागढुङ्गा र कोटेश्वर जडीबुटी सडक खण्डमा लामो जाम छ । काठमाण्डौ उपत्यका छोड्ने यात्रु र गाडीको चापका कारण जाम भएको हो । नागढुङ्गा नौबिसे सडक खण्डमा गाडीको सङ्ख्या धेरै भएर जाम भएको छ भने भक्तपुरको पलाँसेमा गाडी बिग्रँदा कोटेश्वर जडीबुटी सडक खण्डमा जाम भएको छ । आज फूलपातीदेखि दशैँ बिदा सुरु भएकाले गाउँघर जाने यात्रुको सङ्ख्या बढेको छ । यसले गर्दा मुख्य नाकामा यात्रुको भीड थेगिनसक्नु छ । कलङ्की, नयाँ बसपार्क, कोटेश्वर जडीबुटीलगायत ठाउँमा गाडीको चाप छ । दशैँका बेला गाउँ घर ज...

कोटेश्वर–जडीबुटी सडकखण्ड निर्धारित समयमा काम सम्पन्न नहुने

कोटेश्वर – जडीबुटी सडकखण्ड विस्तारको काम यसै आर्थिक वर्षको अन्त्यसम्मका लागि सम्पन्न गर्ने लक्ष्य राखिए सम्पन्न हुन नसक्ने भएको छ । हालसम्म निर्माणको ६० प्रतिशत मात्रै काम सकिएको सडक डिभिजन काठमाडौंका प्रमुख इन्जिनियर कुवेर नेपालीले बताए । निषेधाज्ञाका कारण समयमै काम सम्पन्न गर्न अवरोध आएको उनको भनाई छ । मुआब्जा सम्बन्धी समस्याका कारण अल्झिएका काम भने सम्पन्न गर्ने नेपालीले बताए

अघि बढ्यो कोटेश्वर–जडीबुटी सडक निर्माण

काठमाडौं उपत्यकामा सवारीसाधनको चाप बढी हुने सडकमा पर्ने कोटेश्वर–जडीबुटी सडक बिस्तार अघि बढेको छ। डिभिजन सडक कार्यालय काठमाडौंले आगामी असारसम्ममा सडक निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको जनाएको छ।

अघि बढ्यो कोटेश्वर–जडीबुटी सडक निर्माण

काठमाडौँ । काठमाडौँ उपत्यकामा सवारीसाधनको चाप बढी हुने सडकमा पर्ने कोटेश्वर–जडीबुटी सडक बिस्तार अघि बढेको छ । डिभिजन सडक कार्यालय काठमाडौँले आगामी असारसम्ममा सडक निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको जनाएको छ ।