काठमाण्डाै – सत्तारुढ नेकपा एकीकृत समाजवादी पार्टीले संसद्मा दर्ता भएको एमसीसी सम्झौता टेबुल गर्न दिने निर्णय गरेको छ ।आज बसेको स्थायी कमिटी बैठकले संशाेधन बिना एमसीसी सम्झौता पारित गर्न नसकिने तर प्रतिनीधि सभामा टेबुल गर्न भने दिने निर्णय गरेको पार्टी प्रवक्ता जगनाथ खतिवडाले जानकारी दिनुभयो । उहाँले संसदमा एमसीसी टेबुल गर्ने कुरा ठूलो नहुने तर संसदमा छलफलपछि संसोधन गरेपछि मात्रै पार्टी एमसीसीको पक्षमा हुने उहाँले बताउनुभयो । तर एमसीसी सम्झौता जबरजस्ती पेस गर्न नहुने त्यो भन्दा पहिले संसदको अवरोध हट्नु...