काठमाण्डाै – प्रतिनिधि सभाको भोलि बुधवार बस्ने बैठकमा पनि अमेरिकी सहयोग एमसीसी सम्झौता पेस नहुने सम्भावना बढेको छ । संसद् सचिवालयले भोलिका लागि आज मङ्गलवार प्रकाशन गरेको सम्भावित कार्यसूचीमा एमसीसी सम्झौता पेसकाे विषय समावेश गरिएको छैन । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिको बैठकमा एमसीसी पेस हुने र यो विषयमा आफूले सभामुख अग्नि सापकोटासँग परामर्श गरेको बताए पनि कार्यसूचीमा एमसीसी समावेश छैन । भोलिका लागि प्रकाशन भएको कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको प्रतिवेदन पेस गर्ने र तीन ज...