बालुवाटार बैठकः कालो मास्क निषेध !

प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकमा कालो मास्क निषेध गरिएको छ । बैठकमा सहभागी सदस्य तथा समाचार सङ्कलनका लागि पुगेका सञ्चारकर्मीलाई कालो मास्क नलगाउन भनिएको छ । कालो मास्क लगाएका सञ्चारकर्मीलाई बैठक कक्षमा फोटो तथा भिडियो खिच्नका लागि प्रवेश दिइएको छैन । यस्तै बैठकको फोटो मोबाइलबाट खिच्न पनि रोक लगाइएको छ । एमालेले आइतबारका लागि आकस्मिक बैठक बोलाएको हो भने महाधिवेशन आयोजक समिति बैठक बस्नुअघि स्थायी समिति बैठक पनि बसेको थियो । 

सम्बन्धित सामग्री

गण्डकी मुख्यमन्त्री कार्यालयमा कालो मास्क निषेध !

१३ पुस, पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो करिब ३ बजे एक युवक प्रवेश गरे । अरु सेवाग्राहीलाई भित्र सजिलै जान दिएका सुरक्षाकर्मीले ती युवकलाई रोके । कारण थियो, उनले लगाएको कालो मास्क । सुरक्षाकर्मीले कालो मास्क लगाएर भित्र जान अनुमति नभएको र अर्को रङको मास्क लगाएर आउन भने । ती युवकसँगै […]

कालो मास्क र कालो टोपी लगाउनेलाई केपी ओलीको कार्यक्रममा प्रवेश निषेध

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रममा कालो मास्क र कालो टोपी लगाउनेलाई प्रवेश निषेध गरिएको छ ।

कालो मास्क निषेध गरिएको कार्यक्रममा प्रधानमन्त्रीको सम्बोधन, तस्बिरमा हेर्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार आफू निकट नेकपाको काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गरेका छन् । सो सम्बोधनका क्रममा ओलीले सूर्य चुनाव चिन्ह आफ्नो भएको दावी गर्दै प्रचण्ड–माधव नेपाल पक्षको चर्को आलोचना गरे । सो कार्यक्रममा सहभागी हुनेहरुलाई कालो मास्क, गलबन्दी र टोपी समेत  लगाएर कार्यक्रम हलभित्र प्रवेश गर्न निषेध गरिएको थियो । ओलीमाथि साङ्केतिक रुपमा विरोध गर्न कालो लगाएर इतर पक्षका कार्यकर्ता हलभित्र पसेको हुनसक्ने आशंकाका कारण यसरी कालो लगाएर भित्र जान निषेध गरिएको बताइएको छ...

धुँवाबाट बच्न लगाइने कालो रङको मास्क दुई दिनलाई निषेध!

काठमाडौं : राजधानीका सडकमा उड्ने धुलोबाट बच्न मास्क लगाउने गर्नु भएको छ? छ भने आज र भोलि कालो रङको चाहिँ प्रयोग नगर्नुहोला। चिनियाँ राष्ट्रपति नेपाल रहुन्जेल कालो मास्क लगाउन नदिन प्रहरीलाई सर्कुलर जारी नै भएको छ। प्रहरी प्रधान कार्यालयले उपत्यकाका सबै प्रहरी कार्यालयहरुमा सर्कुलर जारी गरेर - कालो मास्क