शुक्रबारदेखि चितवनमा एमालेको दशौं महाधिवेशन सुरु भएको छ । महाधिवेशनमा २१ सय भन्दा बढी महाधिवेशन प्रतिनिधि छानिएका छन् । विधानअनुसार विभिन्न ५० वटा क्लस्टरमा निर्वाचन भई १९ जना पदाधिकारीसहित ३०१ जनाको केन्द्रीय कमिटी चयन हुनेछ ।महाधिवेशनका लागि चितवन झर्नुअघि पार्टी अध्यक्ष केपी ओलीले धर्म, भाषा र जातलाई मुद्दा बनाएर एमाले जान्छ भन्नु हामीलाई नबुझ्नेहरुको भ्रम हो भन्ने अभिव्यक्ति दिएका छन् । तर, महाधिवेशनमा अन्य तपसिलका विषय भए पनि जातिको सवालमा भने अवश्य केन्द्रित हुने देखिन्छ ।विभिन्न क्लस्टरअन