सरकारले सहकारी संस्थालाई दियो आयकरमा छुट

सरकारले सहकारी संस्थाहरुको आयकर घटाएको छ । अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै आर्थिक ऐन २०७९ का विभिन्न प्रावधानलाई परिवर्तन गरेको जनाएको छ ।

सम्बन्धित सामग्री

पञ्चशील बहुउद्देश्यीय सहकारीले दियो १८ प्रतिशत लाभांश

ललितपुरको कुमारीपाटीमा रहेको पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्ना सेयर सदस्यलाई १८ प्रतिशतले

गल्याङले दियो १७ सय बंगुरका पाठापाठी

अमृत अर्याल,स्याङ्जा ।  स्याङ्जाको गल्याङ नगरपालिकामा १७ सय वटा बंगुरका पाठपाठी वितरण गरिएको छ । किसानसँग लागत साझेदारीमा आधारित अनुदान वितरण कार्यक्रममा १७ सय वटा बंगुरका पाठापाठी वितरण गरिएको हो । नगरपालिकाका ११ वटै वडामा किसानको मागको आधारमा बंगुरका पाठापाठी वितरण गरिएको छ । गल्याङ नगरपालिका ७ मा रहेको कल्लेरी कृषि सहकारी संस्था मार्फत लागत […]

सहकार्यविनाका सहकारी

नेपालमा झन्डै ३० हजार सहकारी संस्था दर्ता भई आर्थिक कारोबार गरिरहेका छन् । यी संस्थाहरूमा ७३ लाखभन्दा बढी सदस्यहरू आबद्ध भई रू ९४ अर्बभन्दा बढी शेयर पूँजी लगानी गरेका छन् भने यस्ता सहकारीले रू. ४ खर्बभन्दा बढी बचत संकलन र त्यति नै बराबरको रकम कर्जा प्रवाह गरिरहेको पाइन्छ । सहकारी क्षेत्र यति ठूलो र विस्तार भए पनि सयौं सहकारीले हजारौं सदस्यहरूको बचत अपचलन गरी सदस्यहरूलाई बिचल्लीमा पारेको अवस्था छ । पछिल्लो समय सिभिल सेभिङ एन्ड क्रेडिट कोपरेटिभका पूर्वअध्यक्षसहित १२ जना पक्राउ पर्नु यसको उदाहरण हो । सहकारीको मालिक पनि सदस्य र ग्राहक पनि सदस्य नै हुन् । यसमा हुने गलत क्रियाकलाप र असफलताका लागि जिम्मेवार व्यक्ति भनेका शतप्रतिशत सहकारीका सदस्य नै हुन् । सिद्धान्ततः सहकारी संस्था भनेको व्यक्तिहरूको स्वशासित संस्था हो, जसको गठन स्वेच्छाले आपसी रूपमा आर्थिक, सामाजिक, सांस्कृतिक आवश्यकता तथा इच्छापूर्तिका लागि संयुक्त रूपमा प्रजातान्त्रिक विधिद्वारा हुन्छ । त्यसैले सहकारी भनेको व्यक्तिको हुँदैन । यसका बचतकर्ता र ऋणी पनि यसकै सदस्य हुन्छन् । यसको सञ्चालन, नियन्त्रण सबै सदस्यहरूबाट नै हुन्छ । तर, सदस्यहरूको बचत रकम आफूखुशी खर्च गर्ने र सहकारीमा हिसाबमा नदेखाउने तथा केही व्यक्तिले आफूखुशी गर्ने गरेको पाइन्छ । यही कारण सहकारीहरूमा समस्या देखिने गरेको हो । सिभिल मात्र होइन, ठूला र साना सयौं सहकारीहरूमा यस्तै घोटाला भइरहेको पाइन्छ जसमध्ये धेरैको चर्चा भएको पनि पाइँदैन । सहकारीमा हिसाबकिताब गडबड गर्नेहरूमध्ये केही जेलमा परेका छन् भने केही लुकिछिपी बसेको पनि पाइन्छ । यसरी सहकारीमा गडबड हुनुका कारण सहकारीलाई सरकार र सहकारी अभियन्ताले राम्ररी नबुझाउनु वा सहकारीको मर्मअनुसार काम नगर्नु नै हो । सहकारीमा विकृति भित्रियो भनेर सरकारी नियमनका आधारमा नियन्त्रण गर्ने सोच झन् गलत छ । सरकारले नियमन गरिदिन्छ भनेर सहकारीका सदस्यहरू निष्क्रिय बन्दा सहकारीहरूमा समस्या झनै बढेको हो भन्ने सकिन्छ । सरकारी नियमन बैंकिङलाई हुन्छ । तर, सहकारी संस्था भनेको यसका सदस्यहरूले नै नियमन गर्ने हो । सहकारीको मालिक पनि सदस्य र ग्राहक पनि सदस्य नै हुन् । यसमा हुने गलत क्रियाकलाप र असफलताका लागि जिम्मेवार व्यक्ति भनेका शतप्रतिशत सहकारीका सदस्य नै हुन् । सहकारी संस्थामा समस्या आउनुको मूल कारण सहकारीको अवधारणाअनुसार नचलेर हो । त्यसैले सहकारीमा सदस्य हुने मानिसहरूलाई सहकारिताको अवधारणाबारे जानकारी र प्रशिक्षण दिनुपर्छ । सहकारीमा बैंकमा पैसा राखेजस्तो गर्दा समस्या भएको हो । तर, सहकारीमा पैसा राख्नु भनेको बैंकमा राख्नुजस्तो होइन । ठीकसँग उपयोग भइरहेको छ कि छैन भनेर बुझ्ने अधिकार सदस्यसँग हुन्छ । यही काम सदस्यहरूले नगर्दा सहकारीहरू बन्द हुने, यसको रकम व्यक्तिले चलाउने र बचतकर्ताको रकम हिनामिना हुने गरेको हो । अर्को, बैंकले भन्दा बढी ब्याज दियो, मुनाफा दिएको छ भनेर केही हर्ताकर्तालाई सदस्यहरूले सहकारीको पूर्ण जिम्मा दिँदा पनि समस्या भएको हो । त्यस्तै सहकारी समूहगत भए पनि मेरो सहकारी भन्दै केही व्यक्तिले भन्दै हिँड्नु र सहकारीलाई यसरी व्यक्तिले आफूखुशी चलाउनु पनि समस्याको मूल कारण हो । सरकारले नियमन गर्छु भनेको छ र बेलाबेलामा गर्न खोजेको जस्तो पनि देखिन्छ । तर नियमन हुन सक्दैन । धेरै देशमा सहकारी सफल छैन । भारतको सहारा सहकारीमा यस्तै भएको हो । तर, इजरायलमा भने ठीक तरीकाले चलिरहेको छ । इच्छाराज तामाङ समातिएर सहकारी क्षेत्रमा कुनै ठूलो नीतिगत परिवर्तन होला, सहकारी क्षेत्र सुधार होला भनेर आशा गर्नु बेकार छ । सिभिलमा गडबडी भएको कुरा आजदेखि चर्चामा आएको होइन । तर, अहिले मात्रै सीबीआईले कारबाही किन गर्‍यो पहिले किन गरेर भन्ने कुराको जवाफ निकाल्न सकियो भने सहकारीभित्रको अनियमितता र सहकारी असफल हुने कारणबारे थाहा हुन्छ । त्यही कुरालाई सम्बोधन गर्न सकियो भने सहकारीमा यस्तो विकृति रोकिन सक्छ, अन्यथा सहकारीहरूमा बदमासी भइरहनेछ ।

बागमती नगरपालिकाले दियो पौने तीन करोडको कृषि यन्त्र

सर्लाही, साउन ११ । सर्लाहीको बागमती नगरपालिकामा पौने तीन करोडको कृषि यन्त्र हस्तान्तरण गरिएको छ । बागमती नगरपालिका– १० शंकरपुरमा रहेको साना किसान सहकारी संस्था लि. लाई प्रदेश सरकार कृषि विकास निर्देशनालय क्षेत्रिय कार्यालय धनुषाको समन्वयमा २ करोड ७० लाख बराबको कुल रकममा अनुदान रकम १ करोड ४० लाख प्राप्त भएको साना किसान सहकारी संस्था […]

अक्सिजन कन्सन्ट्रेटर खरिद गर्न सहकारीले दियो १० लाख

धनगढी, २ जेठ: सुदूरपश्चिममा अक्सिजनको अभावमा कोरोना सङ्क्रमितको मृत्यु बढ्दै गएपछि रोटरी क्लब धनगढीले शुरु गरेको अक्सिजन कन्सन्ट्रेटर खरिद अभियानमा नवजीवन सहकारी संस्था धनगढीले आर्थिक सहयोग गरेको छ । संस्थाले रोटरी क्लबले थालेको अभियानमा रु १० लाख आर्थिक सहयोग गरेको हो । संस्थाका अध्यक्ष चक्रबहादुर सिंहले कोरोना सङ्क्रमितको जीवनरक्षाका लागि आर्थिक सहयोग गरिएको बताउए । […]

साहस सहकारीले दियो ब्याजमा छुट

कोरोना भाइरसले आर्थिक क्रियाकलाप नभएको अवस्थालाई मध्यनजर गरी साहस बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सदस्यलाई