६ मंसिर, हुम्ला । हुम्लाको प्रदेशसभा निर्वाचन क्षेत्र क को मतपत्र संकलन भएका ३४ मतदान केन्द्रका मतपेटिका सर्केगाड गाउँपालिका केन्द्रमै अलपत्र परेका छन् । ५९ मतदान केन्द्रमध्ये २५ वटा मतदान केन्द्रका मतपेटिका सदरमुकाम सिमकोट ल्याइसकेको छ । ३४ मतदान केन्द्रका मतपेटिका ताजाकोट, चंखेली, अदानचुली र सर्केगाड गाउँपालिकाका मतदान केन्द्रबाट गाउँपालिका केन्द्र थन्किएको पाइएको छ । हेलिकप्टरबाट मतपेटिका ओसार्न भनिए […]
भैरहवा – रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ भैरहवामा मतपेटिका ल्याउने क्रम जारी छ । ३६ वटा वडा रहेको यो क्षेत्रमा ४६ वटा मतदान स्थलका १४६ वटा मतदान केन्द्रबाट मतपेटिका ल्याउने क्रम जारी छ । मतपेटिका सहित बचेका मतपत्र र अन्य निर्वाचन सामाग्री हरुपनि मतगणना स्थल भैरहवा नमुना माध्यमिक विद्यालयमा बुझाउने क्रम जारी छ । मतपेटिका […]
काठमाडौं : संघ र प्रदेश संसदमा प्रतिनिधि चुन्नका लागि आज देशभरि नै मतदान भएको छ। मतपत्रमा चुनाव चिह्न नभेटिनेदेखि लात हानेर मतपेटिका फुटाउनेसम्मका रोचक घटना आजको मतदानका क्रममा भएका छन्।विभिन्न मतदान स्थलमा शंकास्पद वस्तु फेला पर्ने, मतपत्र फरक मतपेटिकामा खसाल्ने, मतदाताको नाममा अर्कै व्यक्तिले भोट खसाल्नेसम्मका गतिविधि भएको पाईएको छ।चुनाव चिह्न नै नभएको मतपत्रझापाको मेचीनगर नगरपालिका वडा नम्बर १४ स्थित बाल सुबोधनी माध्यमिक विद्यालयको मतदान स्थलमा चुनाव चिह्न नै नभएको मतपत्र भेटिँ
४ मंसिर, पाल्पा । पाल्पाको तानसेन नगरपालिका ६ जनप्रिय मावि मतदान केन्द्रमा बिहान भएको मतदान रद्ध गरि फेरि मतदान थालिएको छ । ६८ मत खसेपछि त्यहाँ समानुपातिक तर्फको मतपत्र खसाल्ने संघ र प्रदेश सभाको मतपेटिका एक अर्कामा साटिएको पत्ता लागेको थियो । त्यसपछि विवाद भएको थियो । ती खसेका सबै मत रद्ध गर्ने र ६८ […]
सुर्खेत– मङ्सिरका हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन सामग्री ढुवानी गर्न नेपाली सेनाको हेलिकोप्टर हुम्ला पुगेको छ । उत्तरी नाम्खा गाउँपालिका– ६ को लिमीका तीन मतदान केन्द्रमा नेपाली सेनाको हेलिकोप्टरबाट निर्वाचनमा खटिने कर्मचारीसहित मतपेटिका र मतपत्र ढुवानी गर्न थालेको हो । हिमपातले न्यालु लेख बाटो अवरुद्ध भएपछि कर्मचारी र मतपत्र ढुवानीका लागि नेपाली सेनाको हेलिकोप्टर […]
रौतहटको यमुनामाई गाउँपालिकामा मतपेटिका लुटपाट भएको छ । मतदानस्थलमा हुलदंगा भइ आक्रोशित भिडले मतदान केन्द्र कब्जामा लिइ मतपेटिका नै लुटपाट गरेका हुन् । भिडले मतपत्र समेत तोडफोड गरी स्थिति नियन्त्रणबाहिर गएपछि मतदान कार्यलाई स्थगित गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यमुनामाई गाउँपालिका वडा नम्बर १ स्थित चिकना जेठरहिया ‘क’ मतदान स्थल र वडा नम्बर २ को एक मतदान स्थलबाट मतपेटिका लुटिएको प्रहरीले जनाएको छ । यमुनामाईमा जसपा, नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्
काठमाडौं : काभ्रेको पाँचखाल नगरपालिका १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान स्थगित भएको छ।मतदान अधिकृतले धाँधली गरेको भन्दै आक्रोशित भिडले मतपेटिका तोडफोड गरेपछि केही समयको लागि मतदान स्थगित भएको काभ्रेका एसपी चक्रराज जोशीले जानकारी दिए।आक्रोशित दलका कार्यकर्ताहरूले कुर्सी, टेबल लगायतका निर्वाचन सामग्री तोडफोड गरी मतदान स्थल तहसनहस बनाएका छन्। मतपेटिका भने सुरक्षित राख्न सफल भएको प्रहरीले जनाएको छ।मतदान अधिकृतले एकै जनालाई १० वटा मतपत्र दिएको भन्दै सत्तारुढ दलका कार्यकर्ताहरूल
काठमाडौँ,२५ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनका लागि कञ्चनपुरका नौवटै पालिकाका लागि निर्वाचन सामग्री तयार गरिएको छ । मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले यहाँका नौ वटै पालिकाका लागि मतपत्र रुजु गरेर तयारी अवस्थामा राखिएको बताए । “मतपत्र र मतपेटिका सम्बन्धित पालिकाका लागि छुट्याएर राखेका छौँ ।” उनले भने,“मतपत्र, मतपेटिका र निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा पठाउने […]