काठमाडौं : कर्णालीको मुख्यमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता राजकुमार शर्माले दाबी पेस गरेका छन्। माओवादी केन्द्रका १३, एमालेका १०, राप्रपाका १ र एकीकृत समाजवादी एक गरी उनलाई २५ सांसदको समर्थन छ।माओवादीको पोलिटब्युरो सदस्यसमेत रहेका शर्मा रुकुम पश्चिम २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। कर्णालीमा मुख्यमन्त्रीमा दाबी पेस गर्न आजै साँझ पाँच बजेसम्मको समय दिइएको थियो।
धनुषा । मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपा संसदीय दलका नेता सरोज कुमार यादवले आफ्नो दाबी पेस गरेका छन् ।
बुधबार प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष यादवले ७१ सांसदको समर्थनसहित दाबी पेस गरेकाे एमालेका प्रदेशसभा सदस्य रामचन्द्र
काठमाडौं, पुस २५ गते । निर्वाचन आयोगले बागमती प्रदेशका प्रदेश प्रमुखसमक्ष प्रदेश सभा सदस्य निर्वाचनको बागमती प्रदेशको प्रतिवेदन बुझाएको २४ औँ दिनमा बागमती प्रदेशले मुख्यमन्त्री पाउने भएको छ । नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलले सोमबार आज दिउँसो बागमती प्रदेशका प्रदेश प्रमुखसमक्ष बहुमत प्रदेश सभा सदस्यको समर्थनसहित दाबी पेस गर्दैछन् । […]
इटहरी । प्रदेश १ मा नेकपा एमालेका हिक्मत कार्कीले ६० जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । प्रदेशसभामा रहेका ९३ मध्ये नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबाहेक अरू सबै दलको समर्थनमा प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । प्रदेशसभामा एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ जना […]
The post मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीले गरे दाबी पेस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
जनकपुरधाम– मधेस प्रदेश प्रमुख हरिशंकर मिश्रले यही २८ पुसभित्र मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेशसभा सदस्यहरूमा आह्वान गरेका छन् । प्रमुख मिश्रले २८ पुस बिहीबार अपरान्ह ४ बजेभित्र बहुमत जुटाएर मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका हुन् । मधेश प्रदेशमा १०७ सांसद छन् । मुख्यमन्त्री दाबी गर्न ५४ सांसदको समर्थन आवश्यक पर्छ ।
काठमाडौं– बागमती प्रदेश मुख्यमन्त्री पदमा दाबी पेस गर्न २५ पुसको समयसीमा दिइएको छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभामा रहेका दुई वा दुईभन्दा दलको समर्थनमा २५ पुसभित्र मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् । बिहीबार प्रदेश प्रमुख शर्माले आह्वान गरेअनुसार २५ पुस अपरान्ह ४ बजेभित्र मुख्यमन्त्री पदमा दाबी पेस गर्न भनिएको छ […]
विराटनगर- प्रदेश १ का प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेशसभा सदस्यहरूलाई आह्वान गरेका छन् । आइतबार उनले दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री पदमा दाबी पेस गर्न एक साताको समय दिएका हुन् । यही १४ पुस आइतबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुख खापुङले समय दिएका हुन् । […]