बागमतीमा माओवादीका जम्कट्टेलले मुख्यमन्त्रीमा दाबी पेस गर्दै

काठमाडौं, पुस २५ गते । निर्वाचन आयोगले बागमती प्रदेशका प्रदेश प्रमुखसमक्ष प्रदेश सभा सदस्य निर्वाचनको बागमती प्रदेशको प्रतिवेदन बुझाएको २४ औँ दिनमा बागमती प्रदेशले मुख्यमन्त्री पाउने भएको छ । नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलले सोमबार आज दिउँसो बागमती प्रदेशका प्रदेश प्रमुखसमक्ष बहुमत प्रदेश सभा सदस्यको समर्थनसहित दाबी पेस गर्दैछन् । […]

सम्बन्धित सामग्री

कर्णालीमा माओवादीका शर्माद्वारा मुख्यमन्त्रीमा दाबी पेस

काठमाडौं :  कर्णालीको मुख्यमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता राजकुमार शर्माले दाबी पेस गरेका छन्। माओवादी केन्द्रका १३, एमालेका १०, राप्रपाका १ र एकीकृत समाजवादी एक गरी उनलाई २५ सांसदको समर्थन छ।माओवादीको पोलिटब्युरो सदस्यसमेत रहेका शर्मा रुकुम पश्चिम २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। कर्णालीमा मुख्‍यमन्त्रीमा दाबी पेस गर्न आजै साँझ पाँच बजेसम्मको समय दिइएको थियो।

मधेस प्रदेशमा जसपाका यादवद्वारा मुख्यमन्त्रीमा दाबी पेस

धनुषा । मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपा संसदीय दलका नेता सरोज कुमार यादवले आफ्नो दाबी पेस गरेका छन् ।  बुधबार प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष यादवले ७१ सांसदको समर्थनसहित दाबी पेस गरेकाे एमालेका प्रदेशसभा सदस्य रामचन्द्र

मधेसमा जसपाले आज मुख्यमन्त्रीकाे दाबी पेस गर्ने, प्रमुख दललाई दुई–दुई मन्त्रालय

जसपाका प्रदेश अध्यक्ष यादवले मुख्यमन्त्रीमा दाबी पेस गरेपछि मात्रै दलहरूबीच मन्त्रालय बाँडफाँटको विषयमा सहमति हुने बताए ।

मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीले गरे दाबी पेस

इटहरी । प्रदेश १ मा नेकपा एमालेका हिक्मत कार्कीले ६० जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । प्रदेशसभामा रहेका ९३ मध्ये नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबाहेक अरू सबै दलको समर्थनमा प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । प्रदेशसभामा एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ जना […] The post मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीले गरे दाबी पेस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मधेशमा २८ पुसभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान

जनकपुरधाम– मधेस प्रदेश प्रमुख हरिशंकर मिश्रले यही २८ पुसभित्र मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेशसभा सदस्यहरूमा आह्वान गरेका छन् ।  प्रमुख मिश्रले २८ पुस बिहीबार अपरान्ह ४ बजेभित्र बहुमत जुटाएर मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका हुन् ।  मधेश प्रदेशमा १०७ सांसद छन् । मुख्यमन्त्री दाबी गर्न ५४ सांसदको समर्थन आवश्यक पर्छ ।

बागमतीमा २५ पुससम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान

काठमाडौं– बागमती प्रदेश मुख्यमन्त्री पदमा दाबी पेस गर्न २५ पुसको समयसीमा दिइएको छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभामा रहेका दुई वा दुईभन्दा दलको समर्थनमा २५ पुसभित्र मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् ।  बिहीबार प्रदेश प्रमुख शर्माले आह्वान गरेअनुसार २५ पुस अपरान्ह ४ बजेभित्र मुख्यमन्त्री पदमा दाबी पेस गर्न भनिएको छ […]

सुदूरपश्चिम प्रदेश : सात दिनभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान

धनगढी : सुदूरपश्चिममा प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेका छन्। बुधबार प्रदेश प्रमुख देवराज जोशीले सरकार गठनका लागि आह्वान गरेका हुन्।प्रदेश प्रमुख जोशीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूलाई पुस २७ गते साँझ ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका हुन्।प्रदेश प्रमुख जोशीले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गरेको जानकारी दिए। दाबी पेश गर्न २७ पुस साँझ ५ बजेसम्म समय दिइएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेशराज ढुंगानाले ढुंगाना

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस गर्न पुस २७ सम्मको समय

बुधबार प्रदेश प्रमुख जोशीले संविधानको धारा १६८ को उपधारा २ अनुसार २७ पुसको साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन् ।

प्रदेश-१ मा एक साताभित्र मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान

विराटनगर- प्रदेश १ का प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेशसभा सदस्यहरूलाई आह्वान गरेका छन् । आइतबार उनले दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री पदमा दाबी पेस गर्न एक साताको समय दिएका हुन् ।  यही १४ पुस आइतबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुख खापुङले समय दिएका हुन् ।   […]