परिचय पत्रका लागि वडा तहबाटै विवरण संकलन गरिने

गोरखामा राष्ट्रिय परिचयपत्रका लागि वडा तहबाटै विवरण संकलन गरिने भएको छ । हाल जिल्ला प्रशासन कार्यालयबाट मात्रै व्यक्तिको विवरण संकलन हुँदै आएकोमा अब वडा तहसम्म पुगेर परिचयपत्रका लागि विवरण संकलन गर्न लागिएको हो ।राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले जनप्रतिनिधि, कर्मचारी लगायतसँग अन्तक्र्रिया गर्दै विवरण संकलनको प्रक्रियाबारे जानकारी गराएको हो । विभागका महानिर्देशक तीर्थराज भट्टराईका अनुसार […]

सम्बन्धित सामग्री

राष्ट्रिय परिचय पत्रको विवरण संकलन गरिँदै [तस्वीर]

काठमाडौं महानगरपालिका-२५, क्षेत्रपाटीस्थित कन्या मन्दिर माध्यमिक विद्यालयमा राष्ट्रिय परिचय पत्रको लागि विवरण संकलन तथा फोटो खिच्दै स्थानीय । महानगरका वडाबाट राष्ट्रिय परिचय पत्र विवरण संकलनअन्तर्गत पहिलो चरणमा ९ ओटा वडा (२४ देखि ३२ वडामा) विवरण संकलन भइरहेको छ । तस्वीर : सुनिल शर्मा /आर्थिक अभियान

राष्ट्रिय परिचयपत्र विवरण दर्ता अभियान सुरु

लमजुङमा राष्ट्रिय परिचय पत्रका लागि स्थानीय तहबाटै विवरण संकलन अभियान सुरु भएको छ । जिल्लाको दोर्दी गाउँपालिकाबाट वडास्तरीय घुम्ती शिविर आयोजना गरी विवरण लिने काम सुरु भएको हो । अभियानअन्तर्गत पहिलो दिन दोर्दी गाउँपालिकाभित्र वडा नम्वर १, २, ३ र ४ मा आइतबारदेखि शिविर सुरु भएको हो । राष्ट्रिय परिचयपत्र विवरण संकलनका लागि आवश्यक उपकरण […]

पाँचथरमा मंसिर ३ गतेदेखि राष्ट्रिय परिचय पत्र वितरण सुरु हुने

पाँचथर – पाँचथरमा आउँदो मंसिर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरणको काम सुरु हुने भएको छ । परिचय पत्र जिल्ला प्रशासन कार्यालय र विवरण संकलन भएको गाउँपालिकाको वडा केन्द्रबाट वितरण गरिनेछ । जिल्लामा अहिलेसम्म ५० हजार नौँ सय ७४ जना नेपाली नागरिकको विवरण संकलन भएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारिले वताउनुभ...