युद्धको मारमा गर्भवती, आमा र बालबालिका

राजा मुलाहा, वर्ष ५०। गाजाको सबै भन्दा बढी सुविधा सम्पन्न चिकित्सालयमा उनको बसोबास छ। त्यहाँ अहिले बिरामी मात्र भेटिँदैनन्। ७ अक्टोबरमा हमासले आक्रमण गरेपछि इजरायलले गाँजा क्षेत्रमा आक्रमण गरेको छ। लगातारको हवाई आक्रमणबाट बच्न चाहनेहरूको भीड त्यहाँ लागेको छ। सोही आक्रमणपछि उनी घर छाडेर अमेरिकी सहयोगमा सञ्चालित गैरसरकारी संस्था मेडीग्लोबमा गाँजाको स्थानीयको रूपमा प्रतिनिधिको रूपमा […]

सम्बन्धित सामग्री

गर्भवती र सुत्केरी महिलालाई पोषण सामग्री वितरण

दोलखा–  दोलखाको वैतेश्वर गाउँपालिकाले वडा नम्बर-१ गैरिमुदिका गर्भवती तथा सुत्केरी अवस्थामा रहेका स्थानीय महिलालाई पोषण सामग्री वितरण गरेको छ । पालिकाले हजार दिने आमा तथा गर्भ अवस्थामा रहेका महिलालाई पोषण सामग्री अन्तर्गत पर्ने हर्लिक्स,चना, दुई क्रेटका दरले अन्डा, गेडागुडी, साबुनलगायतका सामग्री वितरण गरेको हो । पालिकाको चालु वर्षकाे महिला तथा बालबालिका लक्षित कार्यक्रम अनुसार वडा […]

भजनीमा बाढी प्रभावित गर्भवती, सुत्केरी र बालबालिकाका लागि स्नेह केन्द्र

काठमाडौँ,१२ असोज । कैलालीको भजनीमा बाढी प्रभावित गर्भवती, सुत्केरी, किशोरी, बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुने लैङ्गिक हिंसा जोखिम न्यूनीकरणका लागि स्नेह केन्द्र स्थापना भएको छ । केन्द्रमा असोज १ गते आएको बाढीले विस्थापित भएका गर्भवती तथा सुत्केरी महिला र बालबालिका गरी ९३ जना बसिरहेका छन् । यहाँ ४४ आमा, ४४ बच्चा र पाँच गर्भवती महिला […]

सुनौला हजार दिनका आमालाई पोषणयुक्त खाद्य वस्तु वितरण गर्दै पातारासी गाउँपालिका

जुम्लाको पातारासी गाउँपालिकाले सुनौला हजार दिनका आमा,बच्चा र गर्भवती आमाहरूलाई बहु क्षेत्रीय पोषण नाङ्लो प्रदर्शन तथा पोषण खाद्य वस्तु वितरण गरेको छ । गाउँपालिका अन्तर्गतको महिला तथा बालबालिका शाखाको आयोजनामा पोषण खाद्य वस्तु वितरण गरिएको थियो। वडा नम्बर सातको रिनी र पट्मारा गाउँका ५९ जना सुनौला हजार दिनका गर्भवती आमाहरू लाभान्वित भएको महिला तथा बालबालिका शाखा प्रमुख भगवती गिरीले बताइन् । गिरीले भनिन् -'प्रति व्यक्ति १८ केजी जुम्ली मार्सी चामल, २ केजी सिमी,१ क्यारेक्टर अण्डा,१ लिटर खाने

कोरोनाले स्कूल बन्द भएपछि बालबालिका गर्भवती हुने क्रम बढ्यो

कोरोना भाइरस संक्रमणको महामारीले विभिन्न क्षेत्रलाई प्रभावित पारेको छ, जसमध्ये स्कूल पनि एक हो । कोरोना बढ्दा स्कूल बन्द हुने गरेका छन् । पछिल्लोपल्ट ओमिक्रोन संक्रमण फैलिएपछि स्कूल बन्द गइरहेका छन् । जिम्बाब्वेको ग्रामीण क्षेत्रमा बालबालिका गर्भवती हुने समस्या देखिएपछि सरकार चिन्तित बनेको छ । कोरोनाले स्कूल बन्द भएका बेला यस्तो समस्या बढी देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । १३ वर्षीया बालिका भर्जिनिया मावुंगा ३ महिने बच्चाकी आमा छिन् । उनको दिन पानी भर्न, सडक किनारमा तरकारी, फलफूल बेच्न, खाना पकाउन र सरसफाईमा...

गर्भवती र सुत्केरीका सारथि

पाटन नगरपालिका–१० की धनेश्वरी महरा २ महिनाकी सुत्केरी छन् । दोस्रो सन्तानकी आमा उनी आफ्ना बालबालिका स्वस्थ देखेर खुसी छिन् । उनले गर्भावस्था र सुत्केरीमा आफ्नो र बच्चाको स्याहार राम्रैसँग गरिन् । यो सबै गाउँकी महिला स्वास्थ्य स्वयंसेविकाले गर्दा भएको उनले सुनाइन् ।

छब्बीस हजारलाई ‘पौष्टिक लिटो’ , बजेट कतौटी हुँदा लिटोको चिन्ता

कर्णालीका जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालीकोटमा आमा तथा बाल स्वास्थ्य र पोषण कार्यक्रममार्फत २६ हजार १५७ जनाले पौष्टिक आहार (लिटो) लिएका छन्। विश्व खाद्य कार्यक्रममार्फत पाँच जिल्लाका गर्भवती, बालबालिका र स्तनपान गराइरहेका महिलालाई १० वर्षदेखि पौष्टिक पिठो वितरण गरिँदै आएको छ। गर्भवती तथा स्तनपान गराइरहेका १० हजार महिला, छ महिनादेखि २३ महिनासम्मका आठ हजार ३९ जना बालक, आठ हजार ११८ जना बालिकाले पौष्टिक आहार लिइरहेका छन्। मुगु र हुम्लामा सप्रोस नेपाल काठमाडौँले र कालीकोट, डोल्पा तथा कालीकोटमा मनहरि विकास संस्था (एमडीआई) हेटौँडाले लिटो वितरणको जिम्मा पाएका छन्। यी जिल्लामा १३५ स्वास्थ्य संस्था छन्। ती सबैबाट पौष्टिक लिटो वितरण हुने गर्दछ। कुपोषणमा कमी विश्व खाद्य कार्यक्रम प्रदेश कार्यालय सुर्खेतका अनुसार प्रत्येकले एक प्याकेट (तीन किलो) लिटो प्राप्त गर्छन्। विश्व खाद्य कार्यक्रमका प्रदेश संयोजक अमृत गुरुङका अनुसार साबिक कर्णालीका पाँच जिल्लामा मासिक ७८.४७ मेट्रिक टन पोसिलो पिठो वितरण हुने गरेको छ। पोसिलो पिठो वितरणपछि कर्णालीका गर्भवती महिला तथा छ महिनादेखि २३ महिनासम्मका बालबालिकामा हुने पुड्कोपन, ख्याउटेपन र कम तौल हुने र आमामा हुने रक्तअल्पता रोगमा कमी आएको बताइन्छ।