पाटन नगरपालिका–१० की धनेश्वरी महरा २ महिनाकी सुत्केरी छन् । दोस्रो सन्तानकी आमा उनी आफ्ना बालबालिका स्वस्थ देखेर खुसी छिन् । उनले गर्भावस्था र सुत्केरीमा आफ्नो र बच्चाको स्याहार राम्रैसँग गरिन् । यो सबै गाउँकी महिला स्वास्थ्य स्वयंसेविकाले गर्दा भएको उनले सुनाइन् ।