७ असोज, पोखरा । एक समय पोखरामा मुख–मुखमा झुण्डिएको हुन्थ्यो-‘दशैंमा टुँडिखेल जाने हो, भेडा–च्यांग्रा किन्ने हो !’ हुन पनि तत्कालीन अवस्था त्यस्तै थियो । तिब्बत, मनाङ र मुस्ताङबाट दशैंको छेकोमा पोखरा झर्ने भेडा–च्यांग्रा टुँडिखेलमा जम्मा हुन्थे । त्यहाँ अघोषित रूपमै भव्य मेला लाग्थ्यो । स्थानीयका अनुसार मेलामा ग्रामीण भेगबाट मान्द्रो, नाङ्लो, डोकोलगायत हस्तकलाका सामग्री किनबेच, […]