नेपाली काँग्रेसका सांसद देवेन्द्रराज कँडेलले राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक हुबहु संसदबाट पठाउनुपर्ने बताएका छन् । मंगलवार प्रतिनिधि सभाको बैठकपछि संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै कँडेलले यस्तो बताएका हुन् । उनले लाखौं नागरिक नागरिकता विहीन भएकाले तत्काल नागरिकता विधेयक ल्याउन आवश्यक रहेको बताए । सांसद कँडेलले संसदले पुनः विधेयक प्रमाणीकरणको लागि पठाउँदा संसदमा फिर्ता पठाउने कानूनी व्यवस्था नभएको बताए । उनले दुवै सदनबाट नागरिकता विधेयक पास भएकाले फास्ट ट्रयाकबाट प्रक्