बाइडेन प्रशासन आएलगत्तै सञ्चारकर्मीसँगको एक अन्तर्क्रिया कार्यक्रममा अमेरिकी राजदूत र्यान्डी बेरीलाई प्रश्न सोधिएको थियो, ‘अमेरिकाले नेपाललाई भारतीय आँखाबाट हेर्छ भन्ने आरोप छ नि ?’ जवाफमा बेरीले भनेका थिए, ‘अमेरिकाको हरेक मुलुकसँग आफ्नै किसिमको द्विपक्षीय सम्बन्ध छ । त्यही आधारमा अमेरिकाले सम्बन्ध विस्तार गर्छ । अरूको आँखाबाट हेर्छ भन्ने कुरामा सत्यता छैन ।’