काठमाण्डाै - सिरहा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार राजकिशोर यादव निर्वाचित हुनुभएको छ । यादवले नेपाली कांग्रेसकी नेत्री चित्रलेखा यादवलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
निर्वाचन आयोगका अनुसार राजकिशोरले २४ हजार १ सय ७८ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी चित्रलेखाले २३ हजार २८ मत पाउनुभएको हो । उहाँहरू बीचमा १ हजार १ सय ५० मतान्तर रहेको छ ।
त्यसैगरी जनमत पार्टीका उम्मेदवार विनोदकुमार यादव १६ हजार ९ सय २ मत प्राप्त गरी तेस्रो हुनुभएको छ । सिरहा न...