स्वदेशमै रोजगारी सिर्जना गर्न आर्थिक र व्यावसायिक गतिविधिलाई प्रवर्द्धन गरेर सरकारले निजी लगानी प्रोत्साहन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । बिहीबार काठमाडौंमा आयोजित ‘कान्तिपुर इम्प्लोइमेन्ट, माइग्रेसन एन्ड रेमिट’ सम्मेलनको पहिलो सत्र ‘आन्तरिक रोजगारी दशक, सफल पार्न सकस’का वक्ताले देशको कुल रोजगारीमा ९० प्रतिशतभन्दा बढी योगदान निजी क्षेत्रको रहेकाले उनीहरूको लगानी प्रोत्साहन गर्न सके रोजगारीका नयाँ अवसर सृजना गर्न सकिने धारणा राखे ।