युरो कप फुटबलमा आजदेखि नकआउट चरणका खेल सुरु हुँदै

काठमाण्डाै - युरो कप फुटबलमा आजदेखि नकआउट चरण अर्थात अन्तिम १६ का खेल सुरु हुँदैछन्। पहिलो खेलमा राति पौने १० बजे वेल्स र डेनमार्कले नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा खेल्दैछन् । समूह 'ए' को दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा पुगेको वेल्सले समूह 'बी' को दोस्रो स्थानबाट अन्तिम १६ मा पुगेको डेनमार्कसँग खेल्न लागेको हो । समूह चरणका खेलमा डेनमार्कले रुसलाई हराएको थियो भने फिनल्यान्ड र बेल्जियमसँग पराजित भएको थियो । यस्तै वेल्सले स्विजरल्यान्डसँग बराबरी र टर्कीलाई हराएको थियो भने इटलीसँग पराजित ...