काठमाडौं। नेपालले अब भारतको समुन्द्रमा रेलमार्गमार्फत पहुँच पाउने भएको छ। नेपाल–भारत रेल सेवा सम्झौतामा भएको संशोधनपछि नेपालले रेलमार्गमार्फत समुन्द्रसम्म पहुँच बनाएको हो। यसबाट नेपालको आयात÷निर्यात सहज हुनेछ। नेपालले विगतदेखि नै भारतसँग यस्तो प्रकारको सहमती गर्न दबाब दिइरहेको थियो। संशोधनमा दुवै सरकारको हस्तारक्ष भइसकेकाले अब भारतीय रेलहरुले नेपालसम्मै सामान ढुवानी गर्न सक्छन् भने तिनै रेलहरुले नेपालबाट सामान लिएरसमेत लान सक्नेछन्।