सिभिल ग्रुपका अध्यक्ष तामाङसहित ४२ जनाविरुद्ध ठगी र संगठित अपराधमा मुद्दा दर्ता

काठमाडौं- सहकारी ठगीको आरोपमा पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित ४२ जनाविरुद्ध मुद्धा दर्ता भएको छ। जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्धा दर्ता गरेको हो। यसअघि केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले अनुसन्धान गरेको थियो। पूर्व एमाले सांसदसमेत रहेका इच्छाराज असोज १८ गते पक्राउ परेका थिए। प्रतिवादी बनाइएकामध्ये १२ जना मात्र पक्राउ परेका छन्। सिभिल […]

सम्बन्धित सामग्री

निगमका निलम्बित पोखरा डिपो प्रमुख दासविरुद्ध ठगी अभियोगमा मुद्दा दर्ता

नेपाल आयल निगम गण्डकी प्रादेशिक कार्यालय, पोखराका तत्कालीन डिपो प्रमुख चित्तरञ्जन दासविरुद्ध मुलुकी अपराध संहिताअन्तर्गत आपराधिक विश्वासघात (ठगी) शीर्षकमा जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरिएको छ । तेल अपचलन घटनाबारे अनुसन्धान...

शरणार्थी प्रकरणः दर्ता गरिएका अभियोगमा यस्तो कारवाही हुनसक्छ (विस्तृतमा)

२७ करोड ८१ लाख रूपैयाँ बिगो माग दाबी गर्दै ३० जनाविरुद्ध ठगी, संगठित अपराध, राज्यविरुद्धको अपराध, सरकारी किर्तेको एकीकृत कसुरमा अभियोजन लगाएर मुद्दा दर्ता गरिएको हो।...

गम्भीर आरोप, कमजोर प्रमाण

काठमाडौं, जेठ ११ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्नलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा चार कसुरमा अभियोगपत्र दर्ता गराएको छ। २७ करोड ८१ लाख रूपैयाँ बिगो माग दाबी गर्दै ३० जनाविरुद्ध ठगी, संगठित अपराध, राज्यविरुद्धको अपराध, , सरकारी किर्तेको एकीकृत कसुरमा अभियोजन लगाएर मुद्दा दर्ता गरिएको हो। यो […]

गम्भीर आरोप, कमजोर प्रमाण

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्नलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा चार कसुरमा अभियोगपत्र दर्ता गराएको छ। २७ करोड ८१ लाख रूपैयाँ बिगो माग दाबी गर्दै ३० जनाविरुद्ध ठगी, संगठित अपराध, राज्यविर...

यी हुन् नक्कली शरणार्थी प्रकरणमा अभियुक्त बनाइएका ३० प्रतिवादी

काठमाडौं,१० जेठ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा सरकारी वकिल कार्यालयले ३० जना प्रतिवादीविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । मुद्दा दर्ता गराएकाहरुलाई ठगी,सरकारी कागजात कीर्ते,राष्ट्रहित विरुद्धको कसुर,संगठित अपराध र एकीकृत कसुर गरि पाँच प्रकारको कसुरमा हदैसम्मको कारवाहीको माग गर्दै मुद्दा दायर गरेको हो । यसरी […]

सात करोडको जग्गा ठगी प्रकरण : १२ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता

जग्गाधनीलाई थाहै नदिई कलंकीको ११ आना जग्गा बिक्री प्रकरणमा १२ जनाविरुद्ध काठमाडाै‌ं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । प्रहरी अनुसन्धानका आधारमा ठगी र सरकारी लिखत किर्ते तथा संगठित अपराध गरी दुईवटा...

ठगी मुद्दाका फरार आरोपी पक्राउ

ठगी गरेको मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको देवाही गोनाही नगरपालिका–३ घर भएका मृत्युन्जय जयसवाल छन् । ४३ वर्षीय जयसवाललाई पक्राउ गरेर थप अनुसन्धान र कानुनी कारवाहीका लागी प्रहरी वृत बानेश्वरमा पठाएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए ।जयसवाललाई पक्राउ गर्न उच्च अदालत पाटनले अनुमती दिएको छ । सुरज निरौलासहित ८ जनालाई ठगी गरेको बारेमा प्रहरी वृत्त बानेश्वरमा उनीविरुद्ध मुद्दा दर्ता

इच्छाराज तामाङ बिरुद्द अदालतमा मुद्दा दर्ता, ८ वर्ष कैद र साढे ५ अर्ब बिगो माग

ठगीको आरोपमा गत असोज १८ गते पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ बिरुद्द अदालतमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा मुद्दा दायर भएको हो । जिल्ला सरकारी वकिल कार्यालयले तामाङसहित ४३ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो। तामाङविरुद्ध ८ वर्ष कैद सजाय र बिगो बापत ५ अर्ब ५९ करोड रुपैयाँ जरिवाना मागदाबी गरिएको छ। तामाङलाई गत असोज १८ गते प्रहरीले ठगी मुद्दामा पक्राउ गरेको थियो। एउटा ऋणीको रुपमा मात्र नभई सहकारी ऐनले कसुर गरेको मानिने क्रियाकलाप गरेकाले तामाङलाई अनुसन्धानका लागि नियन्त्रणमा लिईएको हो। उनी विरुद्द बिभिन्न ६ वटा आरोपहरु लागेका छन्। ६ वटा आरोपहरुमा केन्द्रित अनुसन्धान- बचतकर्ताको करौडौं बचत र त्यसबापत आउने ब्याज फिर्ता नभएको- संकलन भएको निक्षेप सहकारी ऐनको प्रतिकुल हुनेगरी आफ्नै लगानीका कम्पनीमा बिना धितो कर्जा लिएको,- लिएको कर्जाको सावाँ, ब्याज फिर्ता नभएको,- सहकारीको बचत कर्जाको रुपमा आफ्ना लगानी भएका कम्पनीमा लगेर त्यसको दुरुपयोग भएको, - सहकारीबाट कर्जा लिएर लगानी गरिएका कम्पनीबाट भएको आम्दानीको दुरुपयोग भएको, - कर्जा अपचलन र सम्पति शुद्दिकरण हुने काम भएकोतामाङ लगायत १२ जनाविरुद्द लागेका यी आरोपहरु प्रमाणित भएको अवस्थामा सबैलाई संगठित अपराध निवारण ऐन २०७० बमोजिम कारबाही हुनेछ। मुलुकी फौजदारी अपराध संहिता अनुसार ठगी कसुर पुष्टि भए अभियोगीलाई सात वर्षसम्म कैद, जरिवाना र बिगो असुल गरिने प्रावधान छ। तर, संगठित अपराधमा भने ठगी कसुरको डेढ गुणा सजाय हुने प्रावधान छ।