इच्छाराज तामाङ बिरुद्द अदालतमा मुद्दा दर्ता, ८ वर्ष कैद र साढे ५ अर्ब बिगो माग

ठगीको आरोपमा गत असोज १८ गते पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ बिरुद्द अदालतमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा मुद्दा दायर भएको हो । जिल्ला सरकारी वकिल कार्यालयले तामाङसहित ४३ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो। तामाङविरुद्ध ८ वर्ष कैद सजाय र बिगो बापत ५ अर्ब ५९ करोड रुपैयाँ जरिवाना मागदाबी गरिएको छ। तामाङलाई गत असोज १८ गते प्रहरीले ठगी मुद्दामा पक्राउ गरेको थियो। एउटा ऋणीको रुपमा मात्र नभई सहकारी ऐनले कसुर गरेको मानिने क्रियाकलाप गरेकाले तामाङलाई अनुसन्धानका लागि नियन्त्रणमा लिईएको हो। उनी विरुद्द बिभिन्न ६ वटा आरोपहरु लागेका छन्। ६ वटा आरोपहरुमा केन्द्रित अनुसन्धान- बचतकर्ताको करौडौं बचत र त्यसबापत आउने ब्याज फिर्ता नभएको- संकलन भएको निक्षेप सहकारी ऐनको प्रतिकुल हुनेगरी आफ्नै लगानीका कम्पनीमा बिना धितो कर्जा लिएको,- लिएको कर्जाको सावाँ, ब्याज फिर्ता नभएको,- सहकारीको बचत कर्जाको रुपमा आफ्ना लगानी भएका कम्पनीमा लगेर त्यसको दुरुपयोग भएको, - सहकारीबाट कर्जा लिएर लगानी गरिएका कम्पनीबाट भएको आम्दानीको दुरुपयोग भएको, - कर्जा अपचलन र सम्पति शुद्दिकरण हुने काम भएकोतामाङ लगायत १२ जनाविरुद्द लागेका यी आरोपहरु प्रमाणित भएको अवस्थामा सबैलाई संगठित अपराध निवारण ऐन २०७० बमोजिम कारबाही हुनेछ। मुलुकी फौजदारी अपराध संहिता अनुसार ठगी कसुर पुष्टि भए अभियोगीलाई सात वर्षसम्म कैद, जरिवाना र बिगो असुल गरिने प्रावधान छ। तर, संगठित अपराधमा भने ठगी कसुरको डेढ गुणा सजाय हुने प्रावधान छ।

सम्बन्धित सामग्री

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध फौजदारी अभियोगमा मुद्दा दर्ता

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध फौजदारी अभियोगमा मुद्दा दर्ता भएको छ । अमेरिकाका पूर्वराष्ट्रपतिविरुद्ध आपराधिक मुद्दा दर्ता भएको याे पहिलो पटक भएको बीबीसीले जनाएको छ । लामो अनुसन्धानपछि म्यानहाटनको ग्रान्ड जुरीले ट्रम्पविरुद्ध फौजदारी अभियोगमा मुद्दा दर्ता गरेको हो । ट्रम्पमाथि विवाहेतर यौनसम्बन्धलगायत दुई दर्जन मुद्दा लाग्ने बीबीसीले जनाएको छ । मुद्दा दर्तासँगै ट्रम्पको राजनीतिक एवम् व्यापारिक कारोबार प्रभावित हुन सक्ने जनाइएको छ । ट्रम्प पुनः राष्ट्रपतिमा चुनाव लड्ने योजनामा रहनुभएकोमा अब त्यो बाटो ब...

सन्दीपविरुद्ध मुद्दा दर्ता

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध १२ वर्ष कैद सजायको माग गर्दै सोमबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । नाबालिग बलात्कार मुद्दामा हिरासतमा रहेका सन्दीपविरुद्ध कैद माग गर्दै अदालतमा मुद्दा दर्ता भएको हो । आजै थुनछेक बहस हुने बताएके छ । विदेशबाट फर्केका सन्दीपलाई असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय […]

राप्रपाले आज अर्थमन्त्रीविरुद्ध मुद्दा दर्ता गर्दै

काठमाडौं, २२ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज अर्थमन्त्री जनार्दन शर्माविरुद्ध प्रहरी परिसर टेकुमा मुद्दा दर्ता गर्ने भएको छ । राप्रपाको सुशासन विभागको आयोजनामा अर्थमन्त्रीविरूद्व प्रहरी परिसर टेकुमा मुद्दा दर्ता गर्ने कार्यक्रम रहेको सचिव प्रकाश सिंह नायकले बताए ।

म्याराडोनाका चिकित्सकविरुद्ध मुद्दा दर्ता हुने

अर्जेन्टिनाका महान फुटबलर डिएगो म्याराडोनाको निधनमा दोषी ठहरिएका आठ मेडिकल अधिकारीविरुद्ध मुद्दा दर्ता गरिने भएको छ।...

सुकीविरुद्ध चुनावमा धाँधली गरेको नयाँ मुद्दा दर्ता

म्यानमारमा सत्तामा आएको सेनाले प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीविरुद्ध निर्वाचनमा धाँधली गरी जितेको भन्दै थप मुद्दा दर्ता गरेको छ ।

मुद्दा दर्ता गर्नेको संख्यामा वृद्धि

डडेल्धुरा । जिल्ला अदालत डडेल्धुरामा मुद्दा दर्ता गर्नेको संख्या बढ्दै गएको छ । जिल्ला अदालत डडेल्धुराले सार्वजनिक गरेको तथ्यांकअनुसार अदालतमा आर्थिक वर्ष २०७७/०७८ मा २ सय २ मुद्दा दर्ता भएको छ जुन गत वर्षको तुलनामा २६ प्रतिशतले बढी हो । दर्ता भएका मुद्दाहरुमा बालविवाह र सम्बन्ध विच्छेद सम्बन्धि बढी रहेका छन् । त्यसैगरी जर्बजस्ती करणीका […]

डडेल्धुरामा २६ प्रतिशतले बढ्यो मुद्दा दर्ता

डडेल्धुरा, असार ३१ । जिल्ला अदालत डडेल्धुरामा मुद्दा दर्ता गर्नेको संख्या बढ्दै गएको छ । जिल्ला अदालत डडेल्धुराले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अदालतमा आर्थिक वर्ष २०७७/७८ मा २ सय २ मुद्दा दर्ता भएको छ जुन गत वर्षको तुलनामा २६ प्रतिशतले बढी हो । दर्ता भएका मुद्दाहरुमा बालविवाह र सम्बन्ध विच्छेद सम्बन्धि बढी रहेका छन् । […]

वडाध्यक्षविरुद्ध जातीय विभेदको मुद्दा दर्ता

जुम्लामा पहिलो पटक जातीय विभेदविरुद्धको मुद्दा दर्ता भएको छ । सिंजा गाउँपालिका–६ का वडाध्यक्ष कालिबहादुर बुढा तथा उनका छोराले सोही वडाका दलित युवा विवेन्द्र नेपालीमाथि गरेको जातीय विभे विरुद्धको मुद्दा दर्ता भएको हो । प्रहरीले दुई दिनसम्म मुद्दा दर्ता गर्न नमानेको जिल्ला प्रहरी कार्यालय जुम्लाले अन्ततः शुक्रबार मुर्दा दर्ता गरेको हो । जुम्लाका दलित युवाहरूको […]

एक वर्षमा १५७ मुद्दा दर्ता

लमजुङमा एक वर्षको अवधिमा एकसय ५७ वटा मुद्दा दर्ता भएको तथ्यांकले देखाएको छ । २०७७ वैशाखदेखि चैत मसान्तसम्मको तथ्यांक अनुसार विभिन्न शिर्षकमा जिल्ला प्रहरी कार्यालयमा एकसय ५७ मुद्दा दर्ता भएका हुन् ।जिल्ला प्रहरी कार्यालय लमजुङले दिएको तथ्यांक अनुसार जिल्लामा सबैभन्दा धेरै आत्महत्या सम्बन्धी मुद्दा दर्ता भएका छन् । जिल्लामा एक वर्षको अवधिमा ३२ वटा आत्महत्याका […]

प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अपहेलना मुद्दा दर्ता

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतमा अपहेलना मुद्दा दर्ता भएको छ। आज अधिवक्ता कञ्चन कृष्ण न्यौपानेले सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका हुन्। प्रतिनिधिसभा विघटन विरुद्ध अदालतमा विचाराधीन मुद्दामा अदालत तथा वरिष्ठ अधिवक्ताहरुको प्रधानमन्त्रीले मानमर्दन गरेको भन्दै मुद्दा दर्ता गरिएको हो। माघ ९ गते केपी शर्मा ओलीले कार्की व्याङ्क्वेट भएको एक कार्यक्रममा…