निगमका निलम्बित पोखरा डिपो प्रमुख दासविरुद्ध ठगी अभियोगमा मुद्दा दर्ता

नेपाल आयल निगम गण्डकी प्रादेशिक कार्यालय, पोखराका तत्कालीन डिपो प्रमुख चित्तरञ्जन दासविरुद्ध मुलुकी अपराध संहिताअन्तर्गत आपराधिक विश्वासघात (ठगी) शीर्षकमा जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरिएको छ । तेल अपचलन घटनाबारे अनुसन्धान...

सम्बन्धित सामग्री

निर्माता विक्रम भट्ट र उनको छोरीविरुद्ध ठगी मुद्दा दर्ता

एजेन्सी । भारतीय फिल्म निर्माता विक्रम भट्ट र उनकी छोरी कृष्ण भट्टविरुद्ध ठगी मुद्दा दर्ता भएको छ । उत्कृष्ट फिल्मका लागि चिनिने विक्रम यो समयमा विवादमा परेका छन् । हालै सेरा सेरा प्रोडक्सनले विक्रम र उनकी छोरीलाई १ करोड ४० लाख भारतीय रुपैयाँ ठगी गरेको आरोप लगाएको हो । सेरा सेरा प्रोडक्सनले बावुछोरीविरुद्ध उजुरी अम्बोली […]

सात करोडको जग्गा ठगी प्रकरण : १२ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता

जग्गाधनीलाई थाहै नदिई कलंकीको ११ आना जग्गा बिक्री प्रकरणमा १२ जनाविरुद्ध काठमाडाै‌ं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । प्रहरी अनुसन्धानका आधारमा ठगी र सरकारी लिखत किर्ते तथा संगठित अपराध गरी दुईवटा...

‘उपभोक्तालाई ठगी गरे कारबाहीमा परिएला’

तपाइँले व्यापार–व्यवसायको सिलसिलामा कतै आम उपभोक्तालाई ठगी त गर्नुभएको छैन ? ठगी गरेको भए कारबाही पर्नुहोला । गुणस्तर तथा नापतौल कार्यालयले उपभोक्ता ठगी गर्ने १३ कम्पनी तथा ट्याक्सी चालकविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा उपभोक्ता ठगी गर्ने काभ्रेपलाञ्चोक भकुण्डेबेँसीको पशुपति आयल स्टोर्स, नुवाकोटस्थित वनदेवी आयल स्टोर्स, चन्द्रागिरि दहचोकमा रहेको […]

सवइन्जिनियर दुबेविरुद्ध ठगी तथा आर्थिक लाभ मुद्दा दर्ता

एक लाख ७० हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ परेका मधेस प्रदेशअन्तर्गत पर्सास्थित शहरी विकास तथा भवन निर्माण कार्यालयका सवइन्जिनियर रुपेश दुबेविरुद्ध जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालतमा ठगी तथा आर्थिक लाभ मुद्दा दर्ता गरेको छ।...

हुम्लामा एक वर्षमा ३९ थान मुद्दा दर्ता

जिल्ला प्रहरी कार्यालय हुम्लामा एक वर्षमा ३९ थान मुद्दा दर्ता भएका छन् । ०७७ पुसदेखि ०७८ पुषसम्म एक वर्षको अवधिमा जिल्ला प्रहरी कार्यालय हुम्लामा सो परिमाणको मुद्दा दर्ता भएका हुन् ।गाउँघरमा मिलापत्र हुने भएका कारण जिल्ला प्रहरी कार्यालयमा कम दर्ता हुने गरेका छन् । जसमा कुटपिट, खाना लाउन नदिएको, सामान्य झैझगडा गरेकाको हकमा ठाडो उजुरी परेका १४ वटा घटनाबाहेक अन्य भवितव्य, जबर्जस्ती करणी, जबर्जस्ती करणी उद्योग, जुवातास, अभद्र व्यवहार, सवारी, चोरी, ठगी, झुण्डिएको, ज्यान मार्ने उद्योग, बहुविवाह, अपहर

इच्छाराजलगायत ४२ जनाविरुद्ध साढे ५ अर्ब ठगीमा मुद्दा दर्ता

काठमाडौँ– सिभिल सहकारी ठगी प्रकरणमा पूर्वसांसद इच्छाराज तामाङसहित ४२ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकीलको कार्यालयले शुक्रबार अदालतमा मुद्दा दर्ता गरेको हो । यो गठी मुद्दामा पीडित अहिलेसम्मकै धेरै र गठीको रकम पनि अहिलेसम्मकै धेरै रहेको दाबी गरिएको छ […]

उपभोक्ता ठगी गर्ने ६ ओटा कम्पनीविरुद्ध मुद्दा दर्ता

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल कार्यालयले उपभोक्ता ठगी गर्ने ६ ओटा कम्पनीविरुद्ध मुद्दा दर्ता गरेको छ । कार्यालयले चालू आर्थिक वर्षमा उपभोक्ता ठगी गर्ने मूलपानीस्थित जी एण्ड जी हार्डवेयर, कालीमाटीस्थित एच आर ट्रेड लिंक, नुवाकोटस्थित वनदेवी आयल स्टोर्स, बालाजुस्थित राजेश हार्डवेर र दुई ट्याक्सी चालकविरुद्ध मुद्दा दर्ता गरेको हो । कार्यालयका सूचना अधिकारी निराजन पुडासैनीले चालू आर्थिक वर्षमा चारओटा एकल अनुगमन तथा १२ ओटा संयुक्त अनुगमनका क्रममा ठगी गरेको पाइएका ६ कम्पनीविरुद्ध मुद्दा दायर गरिएकोे जानकारी दिए । कार्यालयले चालू आर्थिक वर्षमा ६८ ओटा फर्ममा एकल तथा संयुक्त अनुगमन गरेको थियो ।      जी एण्ड जी हार्डवेयरले तौलने यन्त्रको जाँच अनुमति नलिएको र त्यहाँबाट विक्रीवितरण हुँदै आएको ओम सिमेन्ट नापजाँचका क्रममा घटी पाइएकाले एक वर्ष कैद र १० हजार रुपैयाँ जरीवाना माग गर्दै मुद्दा दायर गरिएको बताइएको छ ।     एच आर ट्रेड लिंकलाई चामलका ८० बोरा नापजाँचका क्रममा औसत तौलमा घटी भएको र तौलने यन्त्र जाँच अनुमति नलिएको भन्दै एक वर्ष कैद सजाय र १० हजार रुपैयाँ जरीवाना माग गर्दै मुद्दा दायर गरिएकोे कार्यालयले बताएको छ ।       यस्तै वनदेवी आयल स्टोर्सले पेट्रोल तथा डिजेल पम्पमा लगाएको सिल छिनाएकाले तीन वर्ष कैद सजाय र ३० हजार रुपैयाँ जरीवाना, राजेश हार्डवेयरले घटी तौल गरेर सामान विक्री गरेकाले एक वर्ष कैद र १० हजार रुपैयाँ जरीवानाको माग मुद्दा दायर गरिएको सूचना अधिकारी पुडासैनीले बताए । उक्त कार्यालयले दशैंका बेला बजार अनुगमन गर्दा चारओटा कम्पनीले ठगी गरेको बताएको छ । सूर्यविनायकस्थित चम्पकेश्वर हार्डवेर, भक्तपुरस्थित सेल्सबेरी, भक्तपुरस्थित चण्डेश्वरी डेरी एण्ड स्वीट हाउस र डेली ग्रोसरीले ठगी गरेकाले ती कम्पनीविरुद्ध मुद्दा दर्ता गर्ने तयारी भइरहेको सूचना अधिकारी पुडासैनीले जानकारी दिए । कार्यालयका प्रमुख मनीषकुमार दासले जानीजानी सेवाग्राहीलाई ठगी गर्ने क्रम बढेकाले कार्यालयले कारबाहीका लागि मुद्दा दायर गरिएको बताए । कार्यालयले चालू आर्थिक वर्षको भदौ असोजमा जरीवानाबाट ४४ लाख २२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

उपभोक्ता ठगी गर्ने ६ ओटा कम्पनीविरुद्ध मुद्दा दर्ता

कात्तिक २८,  काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल कार्यालयले उपभोक्ता ठगी गर्ने छ ओटा कम्पनीविरुद्ध मुद्दा दर्ता गरेको छ । कार्यालयले चालू आर्थिक वर्षमा उपभोक्ता ठगी गर्ने मूलपानीस्थित जी एण्ड जी हार्डवेयर, कालीमाटीस्थित एच आर ट्रेड लिङ्क, नुवाकोटस्थित वनदेवी आयल स्टोर्स, बालाजुस्थित राजेश हार्डवेर र दुई ओटा ट्याक्सी चालक विरुद्ध मुद्दा दर्ता गरेको हो ।            कार्यालयका सूचना अधिकारी निराजन पुडासैनीले चालू आर्थिक वर्षमा चार ओटा एकल अनुगमन तथा १२ ओटा संयुक्त अनुगमनका क्रममा ठगी गर्ने छ कम्पनीविरुद्ध मुद्दा दायर गरिएकोे जानकारी दिए । कार्यालयले चालू आर्थिक वर्षमा ६८ ओटा फर्ममा एकल तथा संयुक्त अनुगमन गरेको थियो ।            जी एण्ड जी हार्डवेयरले तौलने यन्त्रको जाँच अनुमति नलिएको र त्यहाँबाट विक्रीवितरण हुँदै आएको ओम सिमेन्ट नापजाँचका क्रममा घटी पाइएकाले एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवना माग गर्दै मुद्दा दायर गरिएको बताइएको छ ।            एच आर ट्रेड लिङ्कले चामलका ८० बोरा नापजाँचका क्रममा औषत तौलमा घटी भएको र तौलने यन्त्र जाँच अनुमति नलिएको भन्दै एक वर्ष कैद सजाय र १० हजार रुपैयाँ जरिवनाको माग गर्दै मुद्दा दायर गरिएकोे कार्यालयले बताएको छ ।            यस्तै वनदेवी आयल स्टोर्सले पेट्रोल तथा डिजेल पम्पमा लगाएको सिल छिनाएकाले तीन वर्ष कैद सजाय र ३० हजार रुपैयाँ जरिवना, राजेश हार्डवेयरले घटी तौल गरेर सामान विक्री गरेकाले एक वर्ष कैद र  १० हजार रुपैयाँ जरिवनाको माग मुद्दा दायर गरिएको सूचना अधिकारी पुडासैनीले बताए ।        यसैगरी बा १ ज ८८८१ नं को ट्याक्सीको बिग्रेको मिटर जानीजानी सञ्चालन गरेकाले त्यसका चालकलाई तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवना तथा बा १ ज ४४७९ नं को ट्याक्सीले दिउँसोको समयमा डेडी भाडा लिएकाले त्यसका चालकलाई तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना माग गर्दै मुद्दा दर्ता गरिएको जनाइएको छ । राति ९ बजेदेखि बिहान ६ बजेसम्म मात्र डेडी भाडा लिन पाइन्छ ।            उक्त कार्यालयले दशैंका बेला बजार अनुगमन गर्दा चार ओटा कम्पनीले ठगी गरेको बताएको छ । सूर्यविनायकस्थित चम्पकेश्वर हार्डवेर, भक्तपुरस्थित सेल्सवेरी, भक्तपुरस्थित चण्डेश्वरी डेरी एण्ड स्वीट हाउस र डेली ग्रोसरीले ठगी गरेकाले ती कम्पनीविरुद्ध मुद्दा दर्ता गर्ने तयारी भइरहेको सूचना अधिकारी पुडासैनीले जानकारी दिए।            कार्यालयका प्रमुख मनिषकुमार दासले जानीजानी सेवाग्राहीलाई ठगी गर्ने क्रम बढेकाले कार्यालयले कारबाहीस्वरुप मुद्दा दायर गरेको बताए । उक्त कार्यालयले चालू आर्थिक वर्षको भदौ असोज महीनामा जरिवानाबाट ४४ लाख २२ हजार १८३ रुपैयाँ राजस्वसमेत संकलन गरेको छ ।

शिल्पा र राज कुन्द्राविरुद्ध डेढ करोडको ठगी मुद्दा दर्ता

बलिउड अभिनेत्री शिल्पा सेट्टी र उनका पति राज कुन्द्राविरुद्ध मुम्बइको बान्द्रा पुलिस थानामा ठगी मुद्दा दर्ता भएको छ । नितिन बराई नामका व्यक्तिले शिल्पा र राजले २०१४ देखि हालसम्म स्पा र जिमको फ्रेन्चाइजी वितरणका नाममा कयौं पटक ठगी गरेको आरोप लगाएका छन् ।  उनले यस मुद्दामा काशिफ खान, दर्शित शाह र उनका केही साथीहरूलाई पनि आरोपी बनाएका छन् । यद्यपि काशिफ र दर्शित को हुन् एवं शिल्पा–राज कम्पनीमा यिनीहरूको भूमिका के थियो भन्नेबारे खुलेको छैन ।  नितिनका अनुसार पुणेको कोरेगाउँमा शिल्पा र राजको फर्म ‘मे...