माओवादी केन्द्रको पोलिटब्यूरोमा प्रचण्डपुत्री रेणु दाहाल पनि

नेकपा माओवादी केन्द्रले १ सय २५ सदस्यीय पोलिटब्यूरो गठन गरेको छ । विगत केही दिनदेखि राजधानीको प्रज्ञा प्रतिष्ठानमा बसिरहेको केन्द्रीय समितिको बैठकले बिहीवार पोलिटब्यूरो गठन गरेको हो ।अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पोलिटब्यूरो सदस्यहरूको नाम वाचन गरेका थिए । पोलिटब्यूरोमा प्रचण्डले आफ्नी छोरी तथा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालसमेतलाई राखेका छन् । प्रचण्डले आफूलगायत नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा,गिरिराजमणि पोखरेल, नारायण दाहाल,हितबहादुर तामाङ, झक्कुप्रसाद सुवेदी, सुरेश राई, शशी श्रेष्ठ, रेखा शर्मा,अञ्जना विशंखे, रामकुमार यादव, अमृता थापा, महेश्वर दाहाल,दिलिप प्रजापति,लेखनाथ न्यौपाने, रामेश्वर राय, गणेश साह, देवेन्द्र पौडेल,ओनसरी घर्ती,दिपेन्द्र पुन, सत्या पहाडी, रेणु दाहाल, केशव नेपाल, युवराज दुलाल, निर्मल आचार्य,अमर तमु, माधव सापकोटा, कुमारी मोक्तान,शक्तिबहादुर बस्नेत,लिलामणि पोखरेल, रामदीप आचार्य,मातृका यादव, शालिकराम जमरकट्टेल, खिमलाल देवकोटाको नाम पढेर सुनाएका हुन् । 

सम्बन्धित सामग्री

राजनैतिक खिचातानी बन्द गरौं : रेणु दाहाल

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले समृद्ध महानगर निर्माण गर्न राजनैतिक खिचातानी बन्द गर्न भरतपुरबासीलाई आग्रह गरेकी छन् । सोमबार भरतपुर–५ रामेश्वर शिवालय मन्दिरमा आयोजित .वृक्षारोपण तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् ।महानगर प्रमुख दाहालले भरतपुरबासीलाई राजनैतिक खिचातानी रोकेर रचनात्मक सहयोगमा लाग्न आह्वान गरिन् । ‘भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचित हुँदा सबै पार्टीको मत पाएकाले यो वा त्यो पार्टी भन्ने नै छैन, म साझा भएर विगतमा पनि काम गरेको र आ

भरतपुरमा रेणु दाहाल दुई सयभन्दा बढी मतान्तरले अगाडि

चितवन । भरतपुर महानगरपालिकाको मतगणना र अद्यावधिक हुनेक्रम जारी रहेको छ । आज (मंगलबार) भर्खरको अध्यावधिक विवरणअनुसार १९ हजार ६८४ मतगणना हुँदा नेकपा (माओवादी केन्द्र)बाट मेयर पदका उम्मेदवार रेनु दाहालले २१३ मतले अग्रता बनाएकी छन् । उनले ६६३६ मत ल्याउँदा नेकपा (एमाले)का विजय सुवेदीले ६४२३ मत प्राप्त गरे ।

भरतपुर महानगर : थोरै मतले रेणु दाहाल अगाडि

चितवन- चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेणु दाहाल ११९ मतले अगाडि छिन् । १८ हजार ८८३ मत गणना गर्दा रेणुले ६ हजार ३१९ मत ल्याएर अग्रता लिँदा उनलाई पछ्याइरहेका एमालेका विजय सुवेदीले ६ हजार २०० मत ल्याएका छन् ।  साथै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले तीन हजार ८१ मत ल्याएर रेणु र सुवेदीलाई पछ्याइरहेका छन् […]

भरतपुरमा फेरि रेणु दाहाल अगाडि : तीन मतले पछि परे विजय

काठमाडौं- चितवनको भरतपुर महानगरपालिकामा मेयर पदमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदी पछाडि परेका छन्। संयुक्त गठबन्धनकी उम्मेदवार रेणु दाहाल तीन मतले अगाडि बढेकी हुन्। भरतपुरमा एमाले र गठबन्धनको कडा प्रतिस्पर्धा छ। सोमबार बिहान ६ बजेसम्म विजय अगाडि थिए। नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु तीन हजार ५७८ मत पाउँदा एमालेका सुवेदीले तीन हजार ५७५ मत ल्याएका […]

चितवन इन्चार्जमा रेणु दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रले चितवन जिल्लाको इन्चार्जमा रेणु दाहाल र संयोजकमा आरसी अधिकारीलाई चयन गरेको छ । माओवादी केन्द्रको बागमती प्रदेश कमिटी बैठकले इन्चार्जको जिम्मेवारी दाहाल र संयोजकको जिम्मेवारी अधिकारीलाई दिएको हो । दाहाल भरतपुर महानगरपालिकाकी मेयर हुनुहुन्छ । उहाँ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी पनि हुनुहुन्छ । अधिकारी विद्यार्थी राजनीतिबाट आउनुभएको हो […]

रेणु दाहाल भरतपुरको मेयर

चितवनको भरतपुर महानगरपालिकाको मेयरमा विजयी भएपछि कांग्रेस-माओवादी गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहाल। तस्बिर: अनिल ढकाल

को हुन् रेणु दाहाल? - BBC नेपाली

माओवादी केन्द्रकी अध्यक्ष प्रचण्डकी छोरी रेणु दाहाल राजनीतिक यात्रामा होमिएको कयौं वर्ष भइसकेको छ तर उनको वास्तविक परीक्षा भने भरतपुरको प्रमुखमा विजयी भएपछि शुरु भएको ठान्नेहरुको कमी छैन।

भरतपुरको मेयरमा रेणु दाहाल विजयी

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेणु दाहाल विजयी भएकी छन् । उनलाई नेपाली