चितवन इन्चार्जमा रेणु दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रले चितवन जिल्लाको इन्चार्जमा रेणु दाहाल र संयोजकमा आरसी अधिकारीलाई चयन गरेको छ । माओवादी केन्द्रको बागमती प्रदेश कमिटी बैठकले इन्चार्जको जिम्मेवारी दाहाल र संयोजकको जिम्मेवारी अधिकारीलाई दिएको हो । दाहाल भरतपुर महानगरपालिकाकी मेयर हुनुहुन्छ । उहाँ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी पनि हुनुहुन्छ । अधिकारी विद्यार्थी राजनीतिबाट आउनुभएको हो […]

सम्बन्धित सामग्री

भरतपुरमा रेणु दाहाल दुई सयभन्दा बढी मतान्तरले अगाडि

चितवन । भरतपुर महानगरपालिकाको मतगणना र अद्यावधिक हुनेक्रम जारी रहेको छ । आज (मंगलबार) भर्खरको अध्यावधिक विवरणअनुसार १९ हजार ६८४ मतगणना हुँदा नेकपा (माओवादी केन्द्र)बाट मेयर पदका उम्मेदवार रेनु दाहालले २१३ मतले अग्रता बनाएकी छन् । उनले ६६३६ मत ल्याउँदा नेकपा (एमाले)का विजय सुवेदीले ६४२३ मत प्राप्त गरे ।

भरतपुर महानगर : थोरै मतले रेणु दाहाल अगाडि

चितवन- चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेणु दाहाल ११९ मतले अगाडि छिन् । १८ हजार ८८३ मत गणना गर्दा रेणुले ६ हजार ३१९ मत ल्याएर अग्रता लिँदा उनलाई पछ्याइरहेका एमालेका विजय सुवेदीले ६ हजार २०० मत ल्याएका छन् ।  साथै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले तीन हजार ८१ मत ल्याएर रेणु र सुवेदीलाई पछ्याइरहेका छन् […]

भरतपुरको समृद्धिका लागि मतदाताले मलाई जिताउनुहुन्छ :  रेणु दाहाल

चितवन : भरतपुर महानगरपालिकाकी मेयरकी उम्मेदवार रेणु दाहालले भरतपुर महानगरपालिकामा रहेको मतदान स्थलबाट स्थानीय निर्वाचनको मतदान गरेकी छिन्।मतदान गरेपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले जनताले विगतको कामका मूल्यांकन गरेर आफूलाई जिताउनेमा विश्वस्त रहेको बताइन्। मेयरकी उम्मेदवार उनले आगामी दिनमा भरतपुरको समृद्धिका लागि पनि आफूलाई मतदाताले जिताउने स्पष्ट पारिन्।उनले जितपछि भरतपुरलाई देशकै नमूना शहर बनाउने पनि घोषणा गरिन्। ‘हामी संघीयतापछिको दोस्रो स्थानीय तहको निर्वाचनमा छौँ। जनताले विगतको कामको म

भरतपुरको मेयर नछाड्ने काँग्रेसको निर्णय, अब के गर्छिन् रेणु दाहाल ?

काठमाडौं । आइतबार बसेको नेपाली काँग्रेसको चितवन जिल्ला कार्य समिति बैठकले भरतपुर महानगरपालिका मेयर पद नछोड्ने निर्णय गरेपछि यहाँको राजनीति सघन बनेको छ । काँग्रेसले मेयरमा आफ्नो दाबी नछाड्ने निर्णय गरेसँगै अब वर्तमान मेयर रेनु दाहालले के गर्लिन् भन्ने चासो बढेको छ । माओवादी नेतृ दाहाल पनि गठबन्धनका तर्फबाट मेयरकी दाबेदार हुन् ।आइतबार बसेको काँग्रेसको जिल्ला कार्य समिति बैठकले केन्द्रको पाँच दलीय सत्ता गठबन्धनलाई चुनौती दिँदै भरतपुरमा मेयर नछोड्ने निर्णय गरेको हो । माओवादी अध्यक्ष प्रचण्डलाई संघीय

माओवादी केन्द्र चितवनको नेतृत्वमा दाहाल र अधिकारी

सत्तारूढ नेकपा (माओवादी केन्द्र ) को चितवन जिल्ला इन्चार्जको जिम्मेवारी रेणु दाहाल र संयोजकको जिम्मेवारी रामचन्द्र अधिकारीले पाएका छन्। माओवादी केन्द्रको वागमती प्रदेश कार्यालयको बैठकले दाहाल र अधिकारीलाई सो जिम्मेवारी प्रदान गरेको हो। भरतपुर नगरपालिकाकी मेयर समेत रहेकी दाहाल  माओवादी केन्द्रकी केन्द्रीय सदस्य हुन् । उनले यसअघि भरतपुर महानगरको इन्चार्जको जिम्मेवारी सम्हालेकी थिइन् ।चितवन जिल्ला संयोजकको जिम्मेवारी पाएका अधिकारी पूर्व विद्यार्थी नेता हुन्। उनी विगतमा माओवादी केन्द्र निकट विद

आखिर देश त प्रचण्ड कै वरपर घुमेको छ : रेणु दाहाल

काठमाडौं। भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले चितवन राजनीतिको केन्द्रबिन्दु बन्नुको पछाडि नेकपा माओवादी केन्दका अध्यक्ष प्रचण्ड रहेको दाबी गरेका छिन्। उनले देश शान्तिप्रक्रिया यता प्रचण्डकै वरिपरि रहेको र देशका हरेक समस्याको समाधान अध्यक्ष दाहालबाट नै भएको बताएकी हुन्। उनले प्रचण्ड चितवनको जनप्रतिनिधि बनेपछि छोटो समयमै जिल्लाको कायापलट भएको बताए। मेयर दाहालले महानगरको विकास र शीर्षस्थ नेतृत्वको कारण जिल्लाले छोटो समयावधिमै

भरतपुर अस्पताललाई ३० थान अक्सिजन सिलिण्डर सहयोग

चितवन । चितवनमा मूल घर भई हाल अष्ट्रेलियामा बस्ने नेपालीको संस्था चितवन समाज, अष्ट्रेलियाले भरतपुर अस्पताललाई थप ३० थान अक्सिजनसहितको सिलिण्डर सहयोग गरेको छ । समाजले अष्ट्रेलियाबाट अक्सिजन ग्यास उद्योगलाई रकम पठाएर खरिद गरी ठूलो ३० थान अक्सिजन सिलिण्डर भरतपुर अस्पताललाई उपलव्ध गराएको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल, चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल […]

को हुन् चितवन महानगरपालिकाकी मेयर रेणु दाहाल ? यस्तो छ जीवनी

चितवन । २०३३ साल असार २२ गते चितवनको तत्कालीन शिवनगर गाविस (हालको भरतपुर महानगरपालिका–१४) भीमसेननगरमा जन्मिएकी भरतपुर महानगरका नवनिर्वाचित प्रमुख रेणु दाहाल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सीता दाहालकी माइली छोरी हुन् ।

भरतपुरको मेयरमा रेणु दाहाल विजयी

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेणु दाहाल विजयी भएकी छन् । उनलाई नेपाली

भरतपुरको मेयरमा रेणु दाहाल विजयी

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहाल विजयी भएकी छन् । माओवादी केन्द्र र कांग्रेसका साझा उम्मेदवार दाहालले एमाले उम्मेदवार देवी ज्ञवालीलाई हराउँदै जित...