टी२० विश्वकप छनोट खेल अन्तरगत फिलिपिन्स विरुद्धको दोस्रो खेलमा नेपालले २ सय १९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । कुशल भुर्तेलको शतक तथा दीपेन्द्र सिंह ऐरीको अर्धशतकको मद्दतले नेपालले तीन विकेटको क्षतिमा २ सय १८ रन बनाएको हो ।टस हारेर पहिलो ब्याटिङ गरेको नेपालको सुरुवात भने राम्रो रहेन । दोस्रो ओभरमा नै आशिफ शेख शून्य रनमा आउट भए । पाँचौ ओभरमा कुशल मल्ल पनि १२ रन बनाएर आउट भए । त्यसपछि भने कुशल र दीपेन्द्रले उत्कृष्ट ब्याटिङ गर्दै नेपाललाई विशाल योगफल तर्फ डोर्याए ।दीपेन्द्रले ४७ बलमा