हुम्ला, पुस २७ । सिमकोटका बासिन्दाका लागि निःशुल्क उपलब्ध गराउन ल्याइएका ३५७ वटा सुधारिएका चुला नौ महिनादेखि खार्पुनाथमा बेवारिसे बनेका छन् । गत वैशाखमा ती चुलालाई सलिसल्लाबाट खच्चडमा ढुवानी गरिएको थियो । ढुवानीको जिम्मा पाएको कम्पनीले खार्पुनाथ गाउँपालिकामा थन्क्याइदिएपछि ती चुला बेवारिसे बनेका हुन् । खार्पुनाथ गाउँपालिकाकी कार्यपालिका सदस्य जसमती शाहीले सिमकोट गाउँपालिकाका लागि ल्याइएका […]