बेवारिसे लासकी आफन्त

पशुपति आर्यघाटमा दर्ता गर्ने ठाउँमा ‘बेवारिसे सपना’ भनेर मेरो नाम, नम्बर लेखेर टाँसिदिएका छन् । बेवारिसे लासको सद्गत गर्न पैसा नभएकाहरूले मलाई फोन गर्नुहुन्छ । उहाँहरूले दागबत्ती आफैं दिनुहुन्छ र त्यहाँ लाग्ने सम्पूर्ण खर्च हामी उपलब्ध गराउँछौं ।

सम्बन्धित सामग्री

सहाराविहीनको अभिभाकत्व जिम्मेवारी बहन गर्दै ‘अभियान नेपाल’

पाल्पा, २ फागुन । परिवार तथा आफन्तको सहारा नपाएर धेरै व्यक्ति बेवारिसे बन्न पुगेका छन् । सहाराविहीन व्यक्तिलाई आफ्ना आमाबुबा, आफन्त तथा घरपरिवारको अभिभाकत्वको खाँचो छ । विभिन्न समस्याबाट अलपत्र अवस्थामा परेका व्यक्तिलाई पाल्पाको एक सामाजिक संस्थाले भने अभिभावकत्व भूमिका बहन गरेको छ । परिवारका सदस्यको हेरचाह, माया एवं अलपत्र परेका बालबालिका, बेसाहारा तथा मानसिक […]

बेवारिसे लासको दाहसंस्कार गरियाे

सिमकोट – नाम्खा गाउँपालिका–५ को नारा लेकमा बेवारिसे अवस्थामा भेटिएको लासको पोस्टमार्टम गरेको पाँच दिनपछि दाहस्ंस्कार गरिएको छ। हालसम्म लास कसको हो भन्ने पत्ता नलागे पनि प्रहरी र गाउँपालिकाको रोहवरमा शुक्रबार कर्णाली नदीमा दाहसंस्कार गरिएको हो। प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार पोस्टमार्टम गरेको पाँच दिनसम्म पनि आफन्त कोही पनि पत्ता नलागेकाले प्रहरी र गाउँपालिकाको […]

भूकम्पपीडितको बिचल्ली

घरको भग्नावशेष पन्छाउँदै भगुदेवी बोहरा बिहीबार अन्नपात र लुगाकपडा खोज्दै थिइन् । मंगलबार रातिको भूकम्पले १३ वर्षीया नातिनी गुमाएकी उनी मध्याह्नसम्म पनि भोकै थिइन् । आफन्त गुमाएको शोकले तीन दिनदेखि खाना रुचेको छैन । रेडक्रस सोसाइटीले उपलब्ध गराएका त्रिपाल र अन्य सामग्री बेवारिसे छन् । ‘राहत पाएका सामान कहाँ लगेर राखौं,’ उनले भनिन्, ‘परलोक जानेबेला अन्नपातको जोहो गरौं कि लुगाफाँटो खोजौं ।’

देउमाई पुलमा बेवारिसे शव फेला

इलाम : इलामको माङसेबुङ गाउँपालिका र देउमाई नगरपालिका जोड्ने देउमाई खोला पुलमा बेवारिसे शव फेला परेको छ।अपराह्न १ बजेको समयमा माङ्सेबुङ–१ र देउमाई नगरपालिका–५ जोड्ने पुलको मध्य भागमा पहेँलो टिसर्ट र कालो पाइन्ट लगाएका अन्दाजी ५० बर्ष हाराहारीका व्यक्ति मृत फेला परेका हुन्।हालसम्म शवको आफन्त तथा शवको ठेगाना खुल्न नसकेको देउमाई नगरपालिका–५ का वडासदस्य कैलाश श्रेष्ठले जानकारी दिए। थप अनुसन्धान इलाका प्रहरी कार्यालय मंगलबारेले गरिरहेको छ।

सहयोगका भरमा चलेका वृद्धाश्रम, सञ्चालन गर्नै समस्या

डुम्रे– बेवारिसे तथा आफन्त नभएका ज्येष्ठ नागरिकका लागि वृद्धाश्रम आश्रयस्थल बनेको छ । वृद्धाश्रम सञ्चालन गर्न भने समस्या छ । तनहुँमा देवघाटधाम वृद्धाश्रमबाहेक अन्य दुई वटा वृद्धाश्रम छन् । जिल्लामा सञ्चालित आश्रम व्यक्तिगत सहयोगका भरमा चलेका छन् ।  तनहुँको व्यास नगरपालिका-५ चापाघाटमा महिलाद्वारा सञ्चालित वेदव्यास ज्येष्ठ नागरिक आश्रम र व्यास-५ बेनीपाटनस्थित राष्ट्रिय परोपकार महासङ्घ नेपालद्वारा […]

काठमाडौंका सडकमा बेवारिसे दुई जनालाई प्रहरीले पठायो अस्पताल

‘सडकमै बस्ने, त्यहीँ खाने गरेका कारण उनीहरूको जीवन अत्यन्तै चिन्ताजनक देखिएको छ, त्यस्ता व्यक्तिलाई उद्धार गरी अस्पताल पठाउने, अनाथ आश्रम, वृद्धा आश्रम पठाउने वा आफन्त भेटिए जिम्मा लगाउने हाम्रो अभियान छ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले सेतोपाटीसँग भने।

छुट्टै वेबसाइट बनाएर शवको पहिचान खुलाउन आग्रह

उनले विभिन्न अस्पतालमा र प्रहरी चौकीमा राखिएका हजारौँ बेवारिसे भनिने शवको अभिलेख राख्नुपर्ने पनि बताए । ‘वेबसाइटमार्फत सार्वजनिक गरियोस् ।’ केसीले भने,‘कसैको आफन्त हराएमा वेबसाइटमार्फत सजिलै जानकारी पाउन सहज हुन्छ ।’