पार्टी एकता अभियानमा लागेका एमाले पूर्वउपाध्यक्ष वामदेव गौतम तत्काल नयाँ पार्टी खाेल्ने वा कुनै विचार मिल्ने पार्टीमा जाने भन्ने कुनै निर्णयमा पुगेका छैनन् । साविक नेकपा विभाजनपछि पार्टी एकता अभियानमा लागेका उनी हाल एमाले उपाध्यक्षबाट राजीनामा दिएर बसेका छन् । तर, अहिले नयाँ पार्टी खोल्न लागेको चर्चा चलेपछि गौतमको लामो समयदेखि प्रेस सहयोगी रहेका विश्वमणि सुवेदीले गौतमले नयाँ पार्टी नखोल्ने जिकिर गरेका छन् । विचार मिल्ने पार्टीमा आबद्ध हुने अवस्था नरहेको अवस्थामा नयाँ पार्टी खोल्न सकिने