नेपाल प्रहरीमा ३ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस गरेकोबारे लोकसेवाले जवाफ मागेको छ । बढुवा सिफारिस गर्ने निर्णय बिरुद्ध परेको उजुरी सुनुवाइका लागी बढुवा समितिसँग जवाफ मागिएको आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले रातोपाटीलाई बताए । बढुवा निर्णयविरुद्ध डीआइजी घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजंग कार्कीले आयोगमा उजुरी दिएका थिए ।चैत १ मा गृहमन्त्रालयका सचिव टेकनाराण पाण्डे नेतृत्वको बढुवा समितिले धीरजप्रताप सिंह, वसन्त पन्त र रविन्द्रबहादु