अर्थमन्त्री प्रकरण : समितिले माग्यो सिंहदरबार दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको बजेट निर्माण प्रकरण छानबिन गर्न गठित संसदीय विशेष समितिले गृह मन्त्रालय समक्ष सिंहदरबारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज माग गरेको छ । सीमित व्यापारीलाई फाइदा पुग्ने गरी करको दर निर्धारण गरेको तथा अनधिकृत व्यक्तिलाई बजेट निर्माणमा संलग्न गराएको आरोप लागेपछि अर्थमन्त्री शर्माले राजीनामा दिनु परेको थियो ।

सम्बन्धित सामग्री

अर्थमन्त्री प्रकरण: अर्थ मन्त्रालयको जेठ १४ गतेको सीसीटीभी फुटेज 'रिकभर'

अर्थ मन्त्रालयले उपलब्ध गराएको हार्ड डिस्कबाट नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले जेठ १४ गतेको सीसीटीभी फुटेज 'रिकभर' गरेको छ । समितिका एक सदस्यहरूका अनुसार जेठ १४ गतेको ५०भन्दा बढी क्लिप रिकभर भएका छन् ।

अर्थमन्त्री प्रकरण : मन्त्रालयबाट सीसीटीभीको हार्डडिस्क मगाएर अध्ययन गरिँदै

काठमाडौं । अनधिकृत व्यक्तिलाई बजेट निमार्णमा संलग्न गराएर करको दायरा हेरफेर गरेको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिले आज अर्थ मन्त्रालयको ‘हार्ड डिस्क’ अध्ययन गर्ने भएको छ । जेठ महिनाको फुटेज डिलिट भयो भनेर अर्थ मन्त्रालयले समितिलाई सीसीटीभी फुटेज दिन आनाकानी गरेपछि हार्ड डिस्क मगाएर समितिले अध्ययन गर्न लागेको हो । ‘जेठ महिनाको सीसीटीभी […]

अर्थमन्त्री प्रकरण : छानबिन समितिले माग्यो सीसीटीभी फुटेज

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको भन्ने विषयमा छानबिन गर्न गठित समितिले अर्थ मन्त्रालयलाई सीसीटीभी फुटेज उपलब्ध गराउन निर्देशन दिएको छ ।