माहुतेलाई बाघले आक्रमण गरेपछि....

वैशाख १७, काठमाडौं ।  चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतको कसरा हात्तीसार केन्द्रमा कार्यरत कर्मचारी(माहुते) को बाघको आक्रमणबाट मृत्यु भएको छ ।  शुक्रवार साँझ करीब साढे ५ बजेको समयमा बारा जिल्ला कोल्बी नगरपालिका–१ घर भएका  करीब २३ वर्षीय माहुते रमेश चौधरी थारुलाई बाघले आक्रमण गरेको थियो । हात्तीसार केन्द्रमै आएर बाघले आक्रमण गरेपछि चौधरीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ ।  निजको घाँटीलगायतको भागमा चोट लागेको अवस्थामा प्रहरीले शव फेला पारेको थियो । शवको जाँच मुचुल्कालगायतको कार्य सम्पन्न गरि पोष्टमार्टमको लागि भरतपुर अस्पतालमा राखिएको छ ।

सम्बन्धित सामग्री

चितवनमा निगुराे टिप्न जाँदा बाघको आक्रमण परि एक महिला बेपत्ता

चितवन - निगुरो टिप्न जाँदा बाघको आक्रमणमा परि एक महिला बेपत्ता भएकी छिन् । भरतपुर महानगरपालिका–२७ का २३ वर्षीया रेखा बस्नेतलाई आज बिहान बाघले आक्रमण गरेको हो। स्थानीय राधाकृष्ण सामुदायिक वनमा निगुरो टिप्न गएकामध्ये उहाँलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।  कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार बाघले जङ्गलतर्फ लगेको भन्ने सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, नेपाली सेनासहितको टोलीले खोजीकार्य गरिरहेकाे छ ।  हराइरहेकी महिलाको खोजीका लाग...

बाघले आक्रमण गर्दा निगुरो टिप्न गएकी महिला बेपत्ता

चितवन । निगुरो टिप्न जाँदा बाघको आक्रमणमा परी एक जना बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका–२७ का २३ वर्षीया रेखा बस्नेतलाई आज बिहान बाघले आक्रमण गरेको हो । स्थानीय राधाकृष्ण सामुदायिक वनमा निगुरो टिप्न गएकामध्ये उनलाई बाघले आक्रमण गरको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार बाघले जङ्गलतर्फ लगेको […]

चितवनमा निउरो टिप्न गएकी युवतीलाई बाघले आक्रमण गरेर बेपत्ता बनायो

काठमाडौं : चितवनको एक सामुदायिक वनमा निउरो टिप्न गएकी युवतीलाई आज बिहान बाघले आक्रमण गरी बेपत्ता बनाएको छ। भरतपुर महानगरपालिका–२७ बस्ने २३ वर्षीय रेखा बस्नेतलाई स्थानीय राधाकृष्ण मध्यवर्ती सामुदायिक वनमा आज बिहान करिब ७ बजे निउरो टिप्न गएका बेला बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। बस्नेतसहित करिब १० जनाको समूह निउरो टिप्न गएकोमा बस्नेतलाई बाघले आक्रमण गरेर जंगलतर्फ लगेको हो। उनको अवस्था अज्ञात रहेको चितवन प्रहरीका प्रवक्ता रविन विष्टले जानकारी दिए। उन

निउरो टिप्न गएकी रेखालाई बाघले आक्रमण गरेपछि बेपत्ता बनायाे

चितवन । सामुदायिक वनमा निउरो टिप्न गएकी पूर्व म्यादी प्रहरीलाई बाघले आक्रमण गरेको छ । भरतपुर महानगरपालिका–२७ बस्ने २३ वर्षीय पूर्व म्यादी प्रहरी रेखा बस्नेतलाई स्थानीय राधाकृष्ण मध्यवर्ती सामुदायिक वनमा बिहीबार बिहान करिब ७ बजेतिर निउरो टिप्न गएका बेला बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । बस्नेतसहित करिब १० जनाको समूह […] The post निउरो टिप्न गएकी रेखालाई बाघले आक्रमण गरेपछि बेपत्ता बनायाे appeared first on राजधानी राष्ट्रिय दैनिक.

निउरो टिप्न गएकी युवतीमाथि बाघको आक्रमण, अवस्था अज्ञात

सामुदायिक वनमा निउरो टिप्न गएकी एक युवतीलाई बाघले आक्रमण गरेको छ । भरतपुर महानगरपालिका–२७ बस्ने २३ वर्षीय  रेखा बस्नेतलाई स्थानीय राधाकृष्ण मध्यवर्ती सामुदायिक वनमा बिहीबार बिहान करिब ७ बजेतिर निउरो टिप्न गएका बेला बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।बस्नेतसहित करिब १० जनाको समूह निउरो टिप्न गएकोमा बस्नेतलाई बाघले आक्रमण गरेर जंगलतर्फ लगेको हो । उनको अवस्था अहिलेसम्म अज्ञात रहेको चितवन प्रहरीका प्रवक्त रविन विष्टले जानकारी दिए । उनको उद्दारका लागि ई

चितवनमा बाघको आक्रमणपछि एक वृद्ध वेपत्ता

बाघको आक्रमणबाट एक जना बेपत्ता भएका छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका–१२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय वृद्धलाई बाघले आक्रमण गरी लगेको हो ।जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार आज बिहान ९ः ०५ बजे घाँस काट्न गएका ६५ वर्षीय रामप्रसाद धमलालाई बाघले आक्रमण गरेको हो । बाघले आक्रमण गरेर लगेपछि उनको खोजी कार्य भइरहेको कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीले जानकारी दिए । खोजी कार्यका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ ।

बाघले फेरी मान्छेलाई आक्रमण गर्‍यो, बाघसँगै लडेर बाँच्न सफल

बाँकेको राप्तीपारी फत्तेपुरमा बाघले फेरी मान्छेलाई आक्रमण गरेको छ। राप्तिसोनारी गाउँपालिका वडा नम्बर ७ फत्तेपुरस्थित झगडिया गाउँका २८ वर्षीय वकिल गद्दीलाई बाघले आक्रमण गरेको वडाअध्यक्ष रामलखन थारुले जानकारी दिए।...

चार दिनदेखि बाँकेमा लगातार बाघको आक्रमण

बाख्रा चराउन उनी स्थानीय शिद्धेश्वरी सामुदायिक वनभित्र गएका थिए। झाडीमा लुकेर बसेको बाघले आक्रमण गर्ने प्रयास गरे पनि उनी रुखमा चढेर जोगिए। उनका बाख्रा भने पाठेबाघले खाएको थियो। रुख चढेर उनले ज्यान बचाए।...

बाघको आक्रमणबाट वनमा साग टिप्न गएकी महिलाको मृत्यु

नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिकामा आज वनमा साग टिप्न गएकी महिलालाई बाघले आक्रमण गरेको छ । बाघको आक्रमणबाट ती महिलाको मृत्यु भएको प्रहरीले जनाएको हो ।प्रहरीका अनुसार मध्यविन्दु–१२, अरुणखोलाकी ३९ वर्षीया बरिसा सारुलाई बाघले आक्रमण गर्दा उनको मृत्यु भएको हो । शुक्रबार बिहान नजिकैको वनमा साँग टिप्न गएकी सारुलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व, नवलपुरका प्रहरी निरीक्षक  सागर पन्तले बताए ।सारुसँगै गएका अन्य स्थानीयवासीले बाघले आक्रमण गरेको जानकारी गराएपछ

रौतहटमा बाघको आक्रमणमा एक जना घाइते

२१ असोज, रौतहट । रौतहटमा बाघले आक्रमण गर्दा एक जना पुरुष घाइते भएका छ्न । रौतहटको चन्द्रनिगाहपुर लमहामा बाघले आक्रमण गर्दा चन्द्रपुर ६ थोकरटोलका यज्ञ बहादुर रायमाझी घाइते भएका हुन । बिहान घाँस लिन लमहातर्फ जाँदै गरेका रायमाझिलाई राजमार्ग छेउमै बाघले आक्रमण गरेको हो । ६ जनाको समूहमा घाँस लिन हिँडेका उनलाई बाघले आक्रमण गरेपछि […]