चितवनमा बाघको आक्रमणपछि एक वृद्ध वेपत्ता

बाघको आक्रमणबाट एक जना बेपत्ता भएका छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका–१२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय वृद्धलाई बाघले आक्रमण गरी लगेको हो ।जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार आज बिहान ९ः ०५ बजे घाँस काट्न गएका ६५ वर्षीय रामप्रसाद धमलालाई बाघले आक्रमण गरेको हो । बाघले आक्रमण गरेर लगेपछि उनको खोजी कार्य भइरहेको कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीले जानकारी दिए । खोजी कार्यका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ ।

सम्बन्धित सामग्री

हमासले बन्धक बनाएका इजरायली: कसरी परेका थिए अपहरणमा ?

काठमाडौं । प्यालेस्टिनी लडाकु समूह ‘हमास’को शक्तिशाली आक्रमणपछि यतिबेला इजरायलको स्थिति तनावपूर्ण बनेको छ । घटनामा इजरायलीसहित धेरै प्यालेस्टिनीले ज्यान गुमाएका छन् । ११ सयभन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । हमासले ठूलो संख्यामा इजरायली नागरिक र सैनिकलाई बन्धक बनाएको इजरायली सेनाको भनाइ छ । ‘बन्धक हुनेमा बालबालिका, महिला, वृद्ध र अपाङ्गहरु पनि […]

बर्दियामा पाटेबाघको आक्रमणबाट ७४ वर्षीय वृद्ध घाइते

काठमाडौं । बाघको आक्रमणबाट बर्दियामा एक जना घाइते भएका छन् । बुधबार अपराह्न जिल्लाको मधुवन नगरपालिका–१ स्थित औराही सामुदायिक वनमा बाख्रा चराइरहेको अवस्थामा ईन्द्रपुरका ७४ वर्षीय लालबहादुर थारुलाई बाघले आक्रमण गरेको हो । आक्रमणबाट उनको अनुहार र दाहिने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । बर्दिया प्रहरीकाअनुसार बाघको आक्रमणपछि प्रतिकारमा थारुले आफ्नो...

हात्तीको आक्रमणबाट महिलाको मृत्यु

मकवानपुरको मनहरी गाउँपालिका –४ स्थित मसिनेमा जंगली हात्तीको आक्रमणबाट एक वृद्ध महिलाको मृत्यु भएको छ । स्थानीय ६४ वर्षीया राधा अधिकारीको हात्तीको आक्रमणपछि उपचारको क्रममा भरतपुरस्थित मेडिकल कलेजमा सोमबार मृत्युभएको हो । आज बिहान करेसाबारीमा काम गरिरहेको समयमा हात्तीको आक्रमणबाट गम्भीर घाइते भएपछि उपचारका लागि उहाँलाई हेटौँडा उपमहानगरपालिका –११ स्थित चुरेहिल अस्पतालमा ल्याइएको थियो ।