तीन वर्षदेखि अलपत्र बानेश्वरको आकासे पुल निषेधाज्ञामा बन्दै

काठमाडौं । निषेधाज्ञाकै बीच काठमाडौंको बानेश्वरस्थित तीन वर्षदेखि अलपत्र आकासे पुल निर्माणको काम अघि बढेको छ । यसअघि निर्माण व्यवसायीले कोरोना महामारीले निर्माण गर्न नसकिएको बताइरहेका थिए । ठेक्का सम्झौता सकिएको डेढ वर्षपछि पुल निर्माणको काम अघि बढाएको सडक डिभिजन कार्यालय काठमाडौंले जनाएको छ ।  सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुबेर...

सम्बन्धित सामग्री

चाबहिल र मित्रपार्कका आकासे पुल दुई वर्षदेखि अलपत्र

८ माघ ०७८ मा काठमाडौं महानगरपालिकाले चाबहिल (ओरालोतर्फ) चोक र मित्रपार्कमा आकासे पुलको शिलान्यास गर्‍यो । तत्कालीन मेयर विद्यासुन्दर शाक्यले आकासेपुल एक वर्षभित्र निर्माण सम्पन्न गर्ने भन्दै शिलान्यास गरेका थिए । शिलान्यनसपछि...

आकासे पुल निर्माण सुरु

चक्रपथको कलङ्की–कोटेश्वर खण्डमा विगत छ वर्षदेखि अलपत्र रहेका आकासे पुलको निर्माण सुरु भएको छ । ललितपुरको महालक्ष्मी स्थान, सानेपा र काठमाडौँको बल्खु चोकमा आकासे पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । यसअघि गोरखापत्रले ‘चक्रपथका तीन आकासे पुल अलपत्र’ शीर्षकमा माघ ६ गते समाचार प्रकाशित गरेको थियो ।