कान्ति राजपथमा सवारी आवागमन पूर्ण रुपमा बन्द - NepaliPatra

काठमाडौँ । ललितपुरको टिकाभैरब हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा पुग्ने कान्तिराजपथ सवारी साधन संचालनमा पूर्ण रुपमा बन्द भएको छ । ललितपुरको बगुवा– तिनपाने खण्डमा रक कटिङ कार्य भैरहेको अवस्थामा सडक भासिएर पहिरो गएको कारण कान्तिराजपथ पूर्ण रुपमा बन्द हुन पुगेको कान्ति राजमार्ग सडक योजनाका सूचना अधिकारी इन्जिनियर रवीन्द्र महर्जनले जानकारी दिए । आज विहान मकवानपुरको […]

सम्बन्धित सामग्री

साँझदेखि नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

मुग्लिन : पहिराका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख, प्रहरी निरीक्षक विशाल तामाङका अनुसार साँझ ५ः४० बजेदेखि सडकमा दुईतर्फीरुपमा सवारी साधन चलन थालेका हुन् । चितवनको इच्छाकामना–६ स्थित नाम्सी पुल नजिकै अविरल वर्षासँगै पहिरो खसेपछि सवारी साधन एकतर्फी रुपमा सञ्चालन भइरहेको थियो । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार आज दिउँसो १ बजेदेखि दुईतर्फी नै  सवारी आवागमन रोकी पहिरो पञ्छाउने काम सुरु गरिएको थियो । सडक

खुल्यो दशरथचन्द राजमार्ग

बैतडी : वर्षाका कारण सडकमाथिबाट खसेको पहिरोले गएराति अवरुद्ध भएको दशरथचन्द राजमार्गमा सवारी आवागमन खुलेको छ। राजमार्ग अन्तर्गत गोठलापानी–झुलाघाट सडकखण्डको धारीगाड भन्ने स्थानमा पहिरो खसेकाले राजमार्ग अवरुद्ध भएको थियो।पहिरो जेसिबीको सहायताले पन्छाएपछि राजमार्ग दिउँसोपछि सञ्चालनमा आएको बैतडीका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।सडक अवरुद्ध हुँदा गोठलापानीबाट झुलाघाट बजार जाने र झुलाघाटबाट छुट्ने सवारीसाधन पूर्ण रुपमा बन्द रहेकामा अहिले सञ्चालन

पाँचथरको हेंवाखोलामा हिम पाइप राखेर अस्थायी पुल निर्माण गर्ने तयारी

पानीको बहाव केही कम भएपछि पाँचथरको हेंवाखोलामा हिम पाइप राखेर अस्थायी रुपमा सवारी आवागमन सुरु गर्ने विकल्प अघि सारिएको छ । पाँचथरका प्रहरी प्रमुख(डिएसपी)हरि खतिवडाले खोलामा हिम पाइप राख्ने क्रम सुरु भएको बताए ।...

पुस ५ गतेदेखि नारायणगढ–मुग्लिन सडकमा दैनिक चार घण्टा सवारी रोकिने

चितवन – नारायणगढ–मुग्लिन सडक खण्डमा दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ। सडक खण्डमा पर्ने पुल निर्माणका लागि सवारी रोक्न लागिएको हो। जिल्ला प्रशासन कार्यालय चितवनमा मंगलबार सम्पन्न सरोकारवालाको बैठकले पुस ५ गतेदेखि एक महिनाका लागि सडक रोकेर काम गर्ने निर्णय गरिएको छ। सडक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म रोकिने छ। भौगोलिक रुपमा […]

पहिरोका कारण बेनी–जोमसोम सडकखण्ड अवरुद्ध

म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा आज बिहान पहिरो खस्दा बेनी जोमसोम सडकखण्डको सवारी आवागमन पुर्ण रुपमा अबरुद्ध भएको छ ।   आज बिहान ८ बजे खसेको पहिरो हटाएर सवारी आवागमन सञ्चालनमा ल्याउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्ड खुल्याे

पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड खुलेकाे  छ । नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ अठार किलो र केराबारीमा आज बिहान पहिरो खस्दा सवारी आवागमन पुर्ण रुपमा प्रभावित भएको थियो ।जेसीवीको प्रयोग गरि पहिरो हटाइएसँगै ११ बजेबाट सडकसुचारु भएको  इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।

पहिरोका कारण भिमफेदी–काठमाडौं सवारी आवागमन प्रभावित

मकवानपुरको ईन्द्रसरोवर गाँउपालिका ३ रामचन्द्र भञ्ज्याङमा पहिरो खस्दा भिमफेदी–कुलेखानी–सिस्नेरी–काठमाडौं सवारी आवागमन हिजो बेलुकीबाट पुर्ण रुपमा प्रभावित भएको छ । अविरल बर्षाको कारण अन्दाजी १० मिटर सडकमा पहिरो खसेकाले सडक पुर्ण रुपमा बन्द भएको हो ।  हिजो बेलुकी पौने ८ बजे बाट अवरुद्ध सडक खुलाउने पहल भइरहेको प्रहरी चौकी सिस्नेरीले जनाएको छ ।

सिडिओको निर्देशनपछि पुरियो निकोशेराको खाल्डाखुल्डी

भक्तपुर : प्रमुख जिल्ला अधिकारीको निर्देशनपछि काठमाडौं उपत्यका सडक बिस्तार आयोजनाले भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ निकोशेराको खाल्डाखुल्डी पुरेको छ। भक्तपुरका विभिन्न सडकका खाल्डाखुल्डी पुरेर चाडपर्वमा सवारी आवागमन सहज बनाउन आइतबार प्रजिअ रुद्रादेवी शर्माले सडकसँग सम्बन्धित कार्यालयका प्रमुखहरुको बैठक गरी निर्देशन दिएकी थिइन्। अरनिको राजमार्गको वैकल्पिक मार्गको रुपमा रहेको पेप्सीकोला, पुरानो थिमि, निकोशेरा, सल्लाघारी सडकको निकोशेरा खण्डमा ठूल–ठूला खाल्डाखुल्डीले सवारी आ

भारतीय सीमानाकाबाट निजी सवारी आवागमन चाँडै खोल्छौं : प्रधानमन्त्री

असोज ४, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल–भारत सीमानाकाबाट सवारी साधनको आवागमन शीघ्र खुलाउने बताउनुभएको छ । डेढ वर्षदेखि रोकिएको सवारी आवागमन खोल्न माग गर्दै सोमवार प्रधानमन्त्रीलाई भेट्न पुगेका वीरगञ्जका होटल तथा पर्यटन व्यवसायीलाई प्रधानमन्त्रीले यस्तो बताउनुभएको हो । वीरगञ्जका व्यवसायीले प्रधानमन्त्री कार्यालयमै पुगेर तत्काल सीमानाकाबाट निजी सवारी साधनको आवतजावत खोलेर होटल र पर्यटन व्यवसायलाई जोगाउन माग गरेका छन् । व्यवसायीको ज्ञापनपत्र बुझिसकेपछि प्रधानमन्त्रीले सीमानाकाबाट हुने निजी सवारीका साधनको आउजाउ चाँडै खोल्ने आश्वासन दिनु भएको होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले बताए ।  कोरोना महामारी नियन्त्रणका लागि डेढ वर्षअघि रोकिएको निजी सावारी साधनको आउजाउ अहिलेसम्म नखोल्दा सीमावर्ती क्षेत्रको होटल तथा पर्यटन व्यवसाय धराशयी हुने अवस्थामा पुगेको भन्दै व्यवसायीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।  देशको आर्थिक वृद्धिमा उल्लेखनीय योगदन पुर्‍याएको र हजारौंलाई रोजगारी प्रदान गरेको व्यवासाय धरापमा पर्दा अर्बौं रुपैयाँ लगानी डुब्ने पनि व्यवसायीले बताएका छन् । ‘नेपालमाआउने सबैभन्दा बढी पर्यटक भारतीय नै हुन् । सीमाक्षेत्रमा ८० प्रतिशतहोटल भारतीय पाहुनामा आधारित छन्,’ प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ, ‘कोरोना महामारी नियन्त्रणका लागि लगाइएका प्रतिबन्ध अन्य सम्पूर्ण क्षेत्रबाट हटाइए पनि भारतीय सीमा नाकाबाट हुने सवारी आवागमनमा मात्र राख्दा यो व्यवसाय नराम्ररी प्रभावित भएको छ ।’  प्रतिबन्धका कारण भारतबाट तिर्थाटन र घुमफिरका लागि पर्यटक आउन छोडेको अध्यक्ष पन्तले बताए । वीरगञ्ज आसपासको क्षेत्रमामात्रै रहेका २०० भन्दा बढी होटलहरुले सञ्चालन खर्च पनि धान्न नसकेको उनले बताए । कतिपय होटलहरु त बन्द भइसकेको पनि उनले बताए ।  पछिल्लो समयमा सीमानाकाबाट दैनिक हजारौं संख्यामा सर्वसधारणहरुको निर्वाध रुपमा पैदल आवतजावत भइरहेको अवस्थामा निजी सवारी साधन रोक्नुको औचित्य नभएको पनि प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।

नौ वटा भारतीय मोटरसाइकल भन्सार चलान

कोरोना भाइरस संक्रमण रोकथामको लागि बन्द गरिएको नेपाल–भारत सीमामा औपचारिक रुपमा सवारी आवागमन सुरु नभए पनि भारतीय मोटरसाइकलहरु गैरकानूनी रुपमा नेपालतर्फ भित्रिन भने रोकिएको छैन।...