खुल्यो दशरथचन्द राजमार्ग

बैतडी : वर्षाका कारण सडकमाथिबाट खसेको पहिरोले गएराति अवरुद्ध भएको दशरथचन्द राजमार्गमा सवारी आवागमन खुलेको छ। राजमार्ग अन्तर्गत गोठलापानी–झुलाघाट सडकखण्डको धारीगाड भन्ने स्थानमा पहिरो खसेकाले राजमार्ग अवरुद्ध भएको थियो।पहिरो जेसिबीको सहायताले पन्छाएपछि राजमार्ग दिउँसोपछि सञ्चालनमा आएको बैतडीका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।सडक अवरुद्ध हुँदा गोठलापानीबाट झुलाघाट बजार जाने र झुलाघाटबाट छुट्ने सवारीसाधन पूर्ण रुपमा बन्द रहेकामा अहिले सञ्चालन

सम्बन्धित सामग्री

हिमपातका कारण अवरुद्ध जयपृथ्वी राजमार्ग चार दिनपछि खुल्यो

बैतडी, माघ २३ । हिमपातका कारण अवरुद्ध बैतडी-बझाङ जोड्ने जयपृथ्वी राजमार्ग आइतबार चार दिनपछि खुलेको छ । बिहीबारदेखि अवरुद्ध राजमार्ग आइतबार दिउँसदेखि सञ्चालनमा आएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । राजमार्गको खोडपे, दुदिलाखान, ढोल्यामोड, श्रीभावरलगायतका स्थानमा जमेको बाक्लो हिउँका कारण बिहीबारदेखि बन्द रहेको थियो । बिहीबारदेखिनै अवरुद्ध रहेको दशरथचन्द राजमार्ग र […]

पहिरोले अवरुद्ध दशरथचन्द राजमार्ग खुल्यो

डडेल्धुरा : डडेल्धुराको भालुमारेमा आएको पहिरोका कारण अवरुद्ध दशरथचन्द राजमार्ग सञ्चालनमा आएको छ। अमरगढी नगरपालिका ७ भालुमारेमा आइतबार बिहान ३ बजेतिर सडकमा पहिरोसँगै रूख ढलेपछि राजमार्ग अवरुद्ध भएको थियो। डडेल्धुरा सदरमुकामको अमरगढी नगरपालिकाको डोजर प्रयोग गरेर बाटो खुलाइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्र...