सिडिओको निर्देशनपछि पुरियो निकोशेराको खाल्डाखुल्डी

भक्तपुर : प्रमुख जिल्ला अधिकारीको निर्देशनपछि काठमाडौं उपत्यका सडक बिस्तार आयोजनाले भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ निकोशेराको खाल्डाखुल्डी पुरेको छ। भक्तपुरका विभिन्न सडकका खाल्डाखुल्डी पुरेर चाडपर्वमा सवारी आवागमन सहज बनाउन आइतबार प्रजिअ रुद्रादेवी शर्माले सडकसँग सम्बन्धित कार्यालयका प्रमुखहरुको बैठक गरी निर्देशन दिएकी थिइन्। अरनिको राजमार्गको वैकल्पिक मार्गको रुपमा रहेको पेप्सीकोला, पुरानो थिमि, निकोशेरा, सल्लाघारी सडकको निकोशेरा खण्डमा ठूल–ठूला खाल्डाखुल्डीले सवारी आ

सम्बन्धित सामग्री

सरकारी रेकर्डमा ६५ प्रतिशत खाल्डो पुरियो, सडकको हालत भने उस्तै

१५ माघ, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको दाबी छ, पछिल्लो दुई सातामा काठमाडौंका राष्ट्रिय सडकमा रहेको खाल्डाखुल्डी ६५ प्रतिशत मर्मत भइसक्यो । मन्त्रालयका दाबी अनुसार सडक विभाग र संघीय सरकारले हेर्ने सडकमा रहेका ७ हजार ६ सय वर्ग मिटर बराबरका खाल्डो पुरिएको छ । तर, सडकको अवस्थाले भने त्यस्तो देखाउँदैन । सडकका खाल्डो […]

के काठमाडौंलाई सँधै सजाएर राख्न मिल्दैन ?

चार दिन अघिमात्रै बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलनको अवसरमा राजधानी चिटिक्क सिंगारियो । मुख्य सडकमा खाल्डाखुल्डी पुरियो । सडकका दायाँबायाँ किनाराहरुमा रंगरोगन गरियो । हिलो लागेको भित्तामासमेत रंग पोतियो ।  यसअघि २०७१ साल कार्तिक महिनामा सार्क  शिखर ...