केरा खेतीमा लागेका किसान अहिले निकै ठूलो समस्यामा परेका छन् । कम जनशक्ति भए पुग्ने र अन्य खेतीभन्दा धेरै उत्पादन सुने भन्दै केरा खेतीमा लागेका किसानमा निराशा बढ्दै गएको छ। भारतीय केराको निर्बाध आयातका कारण आफ्नो उत्पादनले उचित बजार पाउन नसकेपछि किसानमा निराशा छाएको हो।किसानले २०/२५ रुपियाँमा बिक्री गरेको केरा बजारमा पुग्दा एक सय रुपियाँ हुन्छ। पछिल्लो समय केरा खेतीमा नयाँ-नयाँ रोग देखा परिरहेका छन्। केरामा खपटे घुन र गबारो रोगको प्रकोप देखिएको छ। भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक