भारतीय गुणस्तरहीन मल किन्न बाध्य

धादिङका किसान महँगोमा मल किन्न बाध्य  मकै र धानमा मल हाल्ने समयमा युरिया मल अभाव भएपछि धादिङका किसान मर्कामा परेका छन् । करिब १० रोपनी जमिनमा मकैखेती गरेकी नीलकण्ठ नगरपालिका– १२ की...

सम्बन्धित सामग्री

गुणस्तरहीन मल आयात

रुपन्देही जिल्लामा यो वर्षको रोपाइँ सुरु भएसँगै भारतबाट नक्कली रासायनिक मलको तस्करी बढेको छ । अहिले नेपाली किसानका खेत खेतमा भारतमा सस्तोमा पाइने रासायनिक मल युरिया र डिएपीको प्रयोग बढेको छ । नेपालमा रासायनिक मल पाउन किसानले सास्ती पाइरहेका बेला भारतबाट खुला सीमाको प्रयोग गरी तस्करले नेपाली किसानका खेतसम्मै नक्कली रासायनिक मल बिक्री गर्ने गरेको पाइएको छ ।

गुणस्तरहीन मल ल्याउन यसरी भयो ‘त्रिपक्षीय सेटिङ’

उब्जनी बढाउनका लागि भन्दै सरकारले प्रत्येक वर्ष अनुदानमा कृषकलाई रासायनिक मल उपलब्ध गराउने गरेको छ । कृषकसँग केही रकम लिने तथा केही सरकार अनुदानबाट सरकारले कृषि सामाग्री कम्पनी लिमिटेडमार्फत् किसानलाई प्रत्येक वर्ष मल वितरण गर्ने गरेको थियो ।सोही प्रयोजनका लागि भन्दै सरकारले गत वर्षको चैत महिनामा कृषि सामाग्री कम्पनी लिमिटेडमार्फत् २५ हजार मेट्रिक टन डीएपी मल ल्याउन जोशी बिज हाउस प्रालिसँग ठेक्का सम्झौता गरेको थियो । तत्कालीन समयमा पनि पहिले गरेको टेण्डर रद्द गरेर जोशी बिज हाउसले नै पहिले दिएको

भ्रष्टचारीलाई दण्डित गर

कमसल खालको मल भित्र्याउने र मललाई गुणस्तरीय भनेर सो बराबरको भुक्तानी गरी मिलेमतोमा अनियमिमता गरेको पाइएपछि कृषि सामग्री संस्थान लिमिटेडका सञ्चालकसहित १० जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ । विशेषगरी धर्तीपुत्रका रूपमा रहेका किसानका लागि अत्यावश्यक मल तथा कृषि सामग्री वितरण गर्दै आइरहेको कृषि सामग्री संस्थानले गुणस्तरहीन मल बिक्री गर्दै अर्बौ […] The post भ्रष्टचारीलाई दण्डित गर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

महामारीको मौका छोपेर ल्याइएको थियो एक अर्बको गुणस्तरहीन मल

१८ पुस, काठमाडौं । कोरोना महामारीको मौका छोपी गुणस्तरहीन रासायनिक मल भित्र्याएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार १० व्यक्ति र दुई कम्पनीविरुद्ध आइतबार भ्रष्टाचार मुद्धा दायर गरेको छ । मल ल्याउन ठेक्का पाएको जोशी बिज हाउस नामक ठेकदार कम्पनी, मलको गुणस्तर जाँचमा संलग्न सर्भेयर र गुणस्तरहीन मललाई गुणस्तरीय पनि स्वीकार गरेर भुक्तानी दिने कृषि […]

गुणस्तरहीन मल खरिदमा अर्बभन्दा बढी हिनामिना गर्नेविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं : गुणस्तरहीन रासायनिक मल खरिद गरेर एक अर्बभन्दा बढी रकम हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि सामग्री कम्पनी लिमिटेडका प्रवन्ध सञ्चालकसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।गुणस्तरहीन डिएपी मल खरिद गरि १ अर्ब ५३ लाख २२ हजार ४ सय ६ रुपैयाँ हिनामिना गरेको अभियोगमा कम्पनीका प्रवन्ध सञ्चालक नेत्रबहादुर भण्डारीसहित १० जनाविरुद्ध अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।हिनामिना गरेको रकम बराबरको बिगो माग दाबी गर्दै अख्तियारले भण्डारी

कृषि सामग्री कम्पनीद्वारा गुणस्तरहीन मल बिक्री

बुटवल, कृषि सामग्री कम्पनी आफैंले कम गुणस्तरको भन्दै एक हप्ता वितरण बन्द गरेको यूरिया मल फेरि सहकारीलाई बाँड्न थालेको छ ।

रासायनिक मलको समस्या सम्बोधन गर

नेपालका किसानहरूले वर्षौंदेखि रासायनिक मलको समस्या झेल्दै आएका छन् । यो समस्या हिउँदे र वर्षे बाली लगाउने दुवै समयमा दोहोरिने गरेको छ । सरकारले यो समस्या थाहै नपाएको भने होइन, हरेक वर्ष यसबारेमा कृषिमन्त्रालयमा छलफल पनि हुन्छ, बेलाबेलामा कृषिमन्त्रीहरूले अब भने यस वर्ष मलको अभाव हुँदैन भनेर भाषण पनि गर्न भ्याउँछन्, तर किसानले मल पाउँदैनन् । रासायनिक मल आपूर्ति गर्ने सरकारी निकायका रूपमा रहेको कृषि विकास कम्पनी लिमिटेड र साल्ट ट्रेडिङले पर्याप्त मल नल्याउँदा किसानहरू सीमापारिबाट गुणस्तरहीन मल ल्याउन बाध्य हुन्छन्, त्यो पनि नेपाल र भारतका सीमा सुरक्षा र भन्सार सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूले खोसिदिन्छन् ।