'ए ठेकेदार साप, पुल बनाउनु पर्दैन ?'

स्याङ्जाको आँधीखोलामा निर्माणाधीन मोटरेबल पुल सात वर्षदेखि अलपत्र परेको छ । आँधीखोला गाउँपालिका सेतीदोभानस्थित खोलामा निर्माण थालिएको मोटरेबल पुल अहिलेसम्म सम्पन्न हुन सकेको छैन ।२ करोड ८९ लाख ९५ हजार रुपैयाँको लागतमा निर्माण व्यवसायी कान्छाराम–आशेष जेभी कास्कीले पुल निर्माणको ठेक्का लिएको थियो । आँधीखोला गाउँपालिकाको ५ र ६ नम्बर वडा जोड्ने पुल निर्माणका लागि ठेक्का पारेका मुल ठेकेदार पूर्णबहादुर तामाङ (कान्छाराम) ले अर्को ठेकेदार ऋषिराम गौतमलाई निर्माणको जिम्मा लगाएका थिए ।आँधीखोलामा २०७३

सम्बन्धित सामग्री

‘ठेकेदार साप ! पुल बनाउनु पर्दैन ?’

स्याङ्जा – ‘ठेकेदार साप, पुल बनाउनु पर्दैन ?’, स्याङ्जाको आँधीखोला गाउँपालिकाको 'युथ अफ आँधीखोला' ले सामाजिक सञ्जालमा यसरी नै खबरदारी गर्‍याे । दुई वर्षमा बनाउँछु भनेर ठेक्का लिएको पुल सात वर्षमा पनि किन बनाउनुभएन ? भनेर ठेकेदारको नाम र फोटोसहित सामाजिक सञ्जालमा राखेर सरोकारवालालाई खबरदारी गरिएको छ । नागरिकस्तरबाटै यसरी खबरदारी हुन थालेपछि अहिले पुलको विषयले चर्चा पाउन थालेको छ । आँधीखोला गाउँपालिका ५ र ६ जोड्ने सेतीदोभानमा रहेकाे आँधीखोलामा निर्माणाधीन मोटरेबल पुलको काम अ...

पुल बनाउनु पर्ने ठेकेदार तुइन बनाएर बेपत्ता

गोरखा – पृथ्वीराजमार्ग अन्तर्गत चितवनको कुरिनटार बजारपारी गोरखातर्फ ठेउवाटार नामको गाऊँ छ । त्रिशुली किनारको फाँटमा फैलिएको यो बस्तीमा करिब १ सय २० घरधुरीको बसोबास छ । गोरखाको शहिद लखन गाउँपालिका ४ मा पर्ने ठेउवाटारका बासिन्दाको किनमेलको मुख्य बजार चितवनको कुरिनटार हो । वर्षौं अघिदेखि त्यहाँका बासिन्...