नेपाली काँग्रेस गण्डकी प्रदेशको नेतृत्व चयनका लागि भएको मतगणनाको प्रारम्भिक मत परिणाम प्राप्त भएको छ । खसेको ११४६ मत मध्ये १०० मत गणना हुँदा अध्यक्षका प्रत्यासी शुक्रराज शर्माले ५० र अर्जुन प्रसाद जोशीले पनि ५० नै मत पाएका छन् । गण्डकी प्रदेशको मतगणना शनिबार राति आठ बजेदेखि मतगणना सुरु गरिएको थियो । मतगणनाका सवै प्रक्रिया पूरा गरेर प्रदेश सभापतिसहितका पदाधिकारीको मतगणना शुरु गरिएको कास्की कांग्रेसका निवर्तमान सभापति एवं निर्वाचन संयोजक कृष्ण केसीले जानकारी दिए ।