काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूमि सम्बन्धी अध्यादेश आज आउने बताएका छन्। यो अध्यादेश सरकारले जारी गर्न सिफारिस गरेको भए पनि राष्ट्रपति रामचन्द्र पौडेलले रोकेका छन्। बालुवाटारमा उद्योगी व्यवसायीको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘आज भूमिसम्बन्धी अध्यादेश आउँदै छ। यसले भूमिसम्बन्धी नसुल्झिएका समस्याहरू छन्, ती सुल्झाउन, सरकारले पहिला आफैँ जमिन किन्न दिन्छ, हाउजीङ गर्न […]