इण्डोनेसियामा हालै सम्पन्न १८ औँं एशियाली खेलकूदमा रजत पदक विजेता पाराग्लाइडिङ टिमलाई भोलि मङ्गलबार गण्डकी प्रदेशको राजधानी पोखरामा भव्य स्वागत गरिने भएको छ ।
सरकारले राष्ट्रिय निकुञ्जभित्र होटल, लज, केबुलकार, जलविद्यत् गृह, रिसोर्ट, पाराग्लाइडिङ लगायतका पर्यटकीय पूर्वाधार बनाउनका लागि अनुमति दिने उद्देश्यले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु नियमावलीलाई परिमार्जन गर्न लागेको छ।...
काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पाराग्लाइडिङ प्रतिस्पर्धामा एक खेलाडीको मृत्यु भएको छ । नवौं खेलकुदमा पहिलो पटक समावेश गरिएको पाराग्लाइडिङको क्रसकन्ट्री प्रतिस्पर्धामा निसिम थापाको दुर्घटनामा परेर निधन भएको हो । सराङकोटमा जारी पाराग्लाइडिङमा त्रिभुवन आर्मी क्लबबाट सहभागी कास्कीका २६ बर्षीय थापा एक सय मिटर माथिबाट जमिनमा खसेका थिए । घाइते थापालाई उपचारका लागि […]
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले अनधिकृत पाराग्लाइडिङ उडान नगर्न सचेत गराएको छ ।
प्राधिकरणअन्तर्गतको फलाइट सेफ्टी स्टान्डर्डस् विभागले सोमबार एक सूचना प्रकाशित गर्दै तोकिएभन्दा बाहेकका क्षेत्रमा अनुमतिबेगर उडान नगर्न सचेत गराएको हो ।
त्यस्तो गरेको पाइए सम्बन्धित पाराग्लाइडिङ कम्पनीको सञ्चालन प्रमाणपत्र र उडान गर्ने पाराग्लाइडिङ पाइलटको लाइसेन्स निलम्बन वा खारेजीसम्मको कारबाही...
काठमाडौं– पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कश्मीरको श्रीनगरमा साहसिक पाराग्लाइडिङको सुरुवात गरिएको छ । निजी पाराग्लाइडिङ कम्पनीसँगको सहकार्यमा कश्मीर पर्यटन विभागले श्रीनगरमा पाराग्लाइडिङको सुरुवात गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । पाराग्लाइडिङ श्रीनगर नजिकै रहेको अष्टन्मार्गबाट सुरु भएर चाँदपोरामा अवतरण हुने बताइएको छ । २ हजार फिट उचाईको पाराग्लाइडिङले सो क्षेत्रमा पर्यटकको आगामनमा वृद्धि हुने […]
काठमाडौँ- पाराग्लाइडिङ सिक्ने क्रममा खसेर स्याङ्जामा एक युवती घाइते भएकी छन् । शुक्रबार दिउँसो १२:५० बजे भीरकोट नगरपालिका–८ स्वरेक मैदानमा पाराग्लाइडिङ सिक्ने क्रममा खसेर स्थानीय १९ वर्षीया लक्ष्मी अर्याल घाइते भएकी जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रवीन्द्र खनालले बताएका छन्। उनका अनुसार पाराग्लाइडिङबाट खसेकी युवतीको टाउको र खुट्टामा चोट लागेको छ । घाइतेलाई उद्धार गरी […]