नबिल बैंकका अध्यक्ष पौडेलद्वारा शपथ ग्रहण

नबिल बैंकका नवनियुक्त अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।बैंकको सञ्चालक समितिले दोस्रो कार्यकालका लागि नियुक्त गरेका अर्यालले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् । शपथ ग्रहण कार्यक्रममा कोभिड महामारीले बैंकिङ क्षेत्रमा पु¥याएको असर तथा समसामयिक विषयमा छलफल भएको थियो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी […]

सम्बन्धित सामग्री

नेपाल व्यवस्थापन संघको नयाँ नेतृत्वद्वारा पदभार ग्रहण

वैशाख ३, काठमाडौं । नेपाल व्यवस्थापन संघको नवनिर्वाचित कार्य समितिले पदभार ग्रहण गरेको छ । संघको उपेन्द्रप्रसाद पौड्याल नेतृत्वको नवनिर्वाचित समितिले आइतवार एक कार्यक्रमकाबीच पदभार ग्रहण गरेको हो । संघका निवर्तमान अध्यक्ष किरणकुमार श्रेष्ठले पौड्याललाई पदभार हस्तान्तरण गरे । कार्यक्रममा संघको २० औं प्रबन्ध समितिको निर्वाचन मण्डलका प्रमुख गुणराज भट्टले नवनिर्वाचित पदाधिकारी र कार्यकारी सदस्यहरुलाई शपथ ग्रहण गराए । भट्टले नवनिर्वाचित पदाधिकारी तथा कार्यकारी सदस्यहरुलाई निर्वाचित भएको प्रमाण पत्र समेत हस्तान्तरण गरे । नेपाल व्यवस्थापन संघमा प्रत्येक दुई वर्षमा नयाँ कार्य समिति चयन हुने प्रावधान छ । सोही अनुसार हालका सभापति तथा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठको कार्यकाल समाप्त भएर नबिल बैंक लिमिटेका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले संघको नयाँ नेतृत्व सम्हालेका छन् । नवनिर्वाचित अन्य पदाधिकारीहरूमा प्रथम उपसभापतिमा सुरेन्द्र कुमार गोयल, द्वितीय उपसभापतिमा आश्मी राणा, महासचिवमा मोहनराज ओझा र कोषाध्यक्षमा हेमा कुमारी अधिकारी निर्वाचित भएका छन् । त्यस्तै संघको कार्यकारी सदस्यहरूमा अनु जोशी श्रेष्ठ, आशा राणा अधिकारी, ईन्द्र कुमार श्रेष्ठ, जितेन्द्र धिताल, कविराज अधिकारी, कृष्ण बहादुर अधिकारी, कृष्ण प्रसाद शर्मा रहेका छन् । त्यस्तै मनिष झा, मनोज कुमार ज्ञवाली, मिलन गुरुङ, प्रद्युमन पोखरेल र सुमन शर्मा पनि संघको कार्यकारी सदस्यमा निर्वाचित भएका छन् । संघको प्रबन्ध समितिमा निवर्तमान सभापति  पदेन सदस्य र नेपाल सरकारको सचिव वा सहसचिव स्तरको एक जना प्रतिनिधि मनोनित सदस्य रहने प्रावधान छ । संघमा एकजना कार्यकारी निर्देशक र निजले सदस्य सचिवको भूमिका निर्वाह गर्ने प्रावधान छ । नेपाल व्यवस्थापन संघ ४१ वर्ष अघि गठन भएको संस्था हो । उक्त संस्थामा मुलुकको नीतिगत तहमा योगदान पुरयाएका  व्यवस्थापक, प्रशासक र अन्य विभिन्न क्षेत्रमा योगदान पुरयाउँदै आएका व्यक्तिहरू सदस्य रहन्छन् । संघले नेपाल सरकारको बजेट तथा कार्यक्रम, प्रि–बजेट छलफल, मौद्रिक नीति लगायतका गतिविधिहरूमार्फत  सरकारलाई विज्ञ समूहको रुपमा सघाउँदै आएको छ । त्यस्तै संघले सिइओ सम्मेलन, राष्ट्रिय व्यवस्थापन सम्मेलन र व्यवस्थापन अवार्ड कार्यक्रमहरू पनि गर्दै आएको छ ।

नबिल बैंक सञ्चालक समितिका अध्यक्षले लिए शपथ

नबिल बैंक लिमिटेड सञ्चालक समितिको अध्यक्षमा पुनः चयन भएका उपेन्द्रप्रसाद पौडेलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर निलम ढुङ्गाना तिम्सिना, बमबहादुर मिश्र, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक डा.गुणाकर भट्ट तथा नबिलका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी स

नबिल बैंकका सञ्चालक समितिका अध्यक्ष पौडेलले लिए पद तथा गोपनीयताको सपथ

नबिल बैंक लिमिटेडको संचालक समितिको बैठकबाट सर्वसम्मत रुपमा बैंक संचालक समितिको अध्यक्षमा पुनः चयन भएका उपेन्द्र प्रसाद पौडेलले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो । नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, बालुवाटारमा आज आयोजित शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनरद्वय नीलम ढुङ्गाना तिम्सिना, बम बहादुर मिश्र, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल, बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट तथा नबिल...

नबिल बैंकका अध्यक्ष पौडेलले लिए सपथ

नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलले पद तथा गोपनियताको शपथ लिएका छन्। बैंकको पौष ३० गते बसेको बैठकबाट सर्वसम्मत रुपमा बैंक संचालक समितिको अध्यक्षमा पुनः चयन भएका पौडेलले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट आज पद तथा गोपनियताको शपथ लिएका हुन् ।नबिल बैंक लिमिटेडका अध्यक्ष पौडेललाई २०७८ पौष ३० गते सम्पन्न बैंकको ३७औँ वार्षिक साधारणसभाले संस्थापक शेयरधनी एनबी (ईन्टरनेशनल) लि. को प्रतिनिधिको रुपमा निर्बिरोध निर्वाचित गरेको हो । सपथ ग्रहण कार्यक्रममा बैंकले  अहिले सम्म गरिआएको कार्यहरुलाई गभर्नरले प्रोत्साहन गर्दै आगामी दिनहरुमा पनि नबिल बैंकले आफ्नो अग्रणी भूमिका कायम राख्ने छ भन्ने विश्वास व्यक्त गरको बैंकले जनाएको छ । बैंकका अनुसार शपथ ग्रहण कार्यक्रममा कोभिड महामारीले बैंकिङ्ग क्षेत्रमा पु¥याएको असर तथा समसामयिक विषयमा छलफल भएको थियो । साथै, उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी साहले बैंकको पछिल्लो वित्तीय अवस्थाको समेत जानकारी गराएका थिए । नबिल बैंकले १३५ शाखा,  १८९ एटिएम, १५०० भन्दा बढि नबिल रेमिट एजेन्ट मार्फत सेवा प्रदान गर्दै आएको छ ।