अर्थमन्त्री विष्णुप्रसाद पौडेलले असार १२ गते शनिबार बुटवलमा कालीगण्डकी–तिनाउ बहुउद्देश्यीय डाइभर्सन आयोजनाको कार्यालय उद्घाटन गरे । पाल्पा र स्याङ्जाको सीमा भएर बग्ने कालीगण्डकी नदीको ८० प्रतिशत पानी पाल्पा हुँदै रुपन्देही र नवलपरासी ल्याएर सिँचाइ गर्ने महत्त्वाकाङ्क्षी योजनासहित कार्यालय उद्घाटन भएको भोलिपल्ट नै गण्डकी प्रदेशले भने आपत्ति जनायो ।लुम्बिनी प्रदेश सरकारले समेत आयोजनाका लागि रकम छुट्याएको थियो । आर्थिक वर्ष २०७२–७३ देखि उक्त परियोजनाका लागि अध्ययन गर्न भन्दै प्रत्येक वर